पोखरा, माघ ६,
मुलुकभरी छरिएर रहेका सुवेदीहरुको संस्था सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प)को चौथो राष्ट्रिय महाधिवेसन यही माघ ७ गते पोखरामा हुने भएको छ । आफ्ना पुर्खाहरुको गरिमामय ईतिहाँशको खोजी गर्दै बन्धु वान्धवहरुमा सु सम्वन्ध , सदाचार एवं भातृत्वको भावना कयम गर्न तथा मुलुक भरी छरिएर रहेका सुवेदीहरुलाई संगठीत गर्ने उदेश्यले स्थापना भएको सुवेदी कल्याण प्रतिष्ठानको केन्द्रिय अध्यक्षमा धादिङ जिल्लाका ऋषि प्रसाद सुवेदी रहेका छन् । चौथो रष्ट्रिय महाधिवेसनको संपूर्ण तयारी पुरा भएको महाधिवेसन मुल आयोजक समितिका संयोजक तथा सुकल्प कास्कीका अध्यक्ष डा. अनिल सुवेदीले जानकारी दिए । सुकल्प ५० जिल्लामा विस्तारित भईसकेको भएपनि महाधिवेसनमा ३५ जिल्लावाट सहभागिता रहने डा. सुवेदीले वताए । महाधिवेसनमा ३०० जनाको सहभागिता रहने वताईएको छ ।
पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोक स्थित ह्वाईट हाउस पार्टि प्यालेसमा आयेजना हुन गईरहेको महाधिवेसनले आगामी कार्यकालको लागि नयाँ नेतृत्वको समेचत चयन गर्ने छ । महाधिवेसनको उद्धघाटन सुवेदी कल्याण प्रतिष्ठानका संरक्षक तथा राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले गर्ने कार्यक्रम रहेको डा. सुवेदीले वताए । महाधिवेसनमा सहभागि हुन सहभागिहरु पोखरा आउने क्रम जारी रहेको, विराटनगर र भोजपुरवाट सहभागिहरु पोखरा आर्ईसकेको र अन्य जिल्लावाट आज साँझ सम्म आईपुग्ने डा. सुवेदीले वताए ।