पोखरा, जेष्ठ १४,
सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको अध्यक्षमा पुनः डा.अनिल सुवेदी चयन भएका छन् । प्रतिष्ठान कास्कीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले डा. अनिलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । डा. सुवेदी यस अगाडि पनि अध्यक्ष रहेका थिए । समितिको उपाध्यक्षमा मनहरी सुवेदी, सचीवमा महेन्द्रराज सुवेदी, सह–सचिवमा बुद्दिनाथ सुवेदी र कोषाध्यक्षमा भिम प्रसाद सुवेदी चयन भएका छन् । सदस्यहरुमा नारायण सुवेदी, शिवकुमार सुवेदी, शिवहरी सुवेदी, पोष्टराज सुवेदी, रामचन्द्र सुवेदी, नारायण प्रसाद सुवेदी, यामु कुमारी सुवेदी, कविता भण्डारी सुवेदी, गणेश प्रसाद सुवेदी, दुर्गादेवी सुवेदी, नन्दलाल सुवेदी, प्रदिप सुवेदी, तिर्थराज सुवेदी, लाल प्रसाद शर्मा सुवेदी, घननाथ सुवेदी र पशुपति सुवेदी चयन भएका छन् ।
यस अघि प्रमुख अतिथी केद्रीय कुलाधिपती देवि प्रसाद सुवेदीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन सत्रमा उपकुलाधिपती जगत सुवेदी र पूर्व मुख्य सचिव सोमलाल सुवेदी लगायतले शुभकामना दिएका थिए । उद्घाटनको अवसरमा कर्मचारीको तर्फबाट देशकै सर्वोच्च पद (मुख्य सचिव) भएर राम्रो काम गरेको र सुवेदीको इज्जत अनि प्रतिष्ठा बढाएको भन्दै पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई र विभिन्न खोज अनुसन्धानका साथै भाइबन्धुहरुलाई खोजेर एकत्रित पार्न महत्वपूर्ण योगदान दिएको भन्दै वेदहरि सुवेदीलाई सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।