पोखरा फागुन १६,
पोखरामा सेती नदिको ड्याम खोलेर माछा मार्न जाने क्रममा सेती नदिले वगाई वेपत्ता भएका ब्यक्तिको खोजी गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक सूचना प्रकाशित गरि वेपत्ता मान वहादुर तामाङको खोजी गरिने जनाएको छ । फागुन १३ गते गते साँझ पोखरा महानगरपालिका वडा नं. १ सिम्पानी बस्ने सार्की लामा तामाङ (मान बहादुर तामाङ) माछा मार्न जानेक्रममा सेती नदीले बगाई बेपत्ता भएका थिए । फागुन १४ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा समेत उनलाई फेला पार्न सकेन । यसै क्रममा परिवारका आफन्तले सेति नदिको ड्याम खोली खोजतलास गरी दिनुहुन अनुरोध गरेकाले फागुन १७ गते विहान ०८ः०० बजेको समयमा पोखरा म.न.पा. १६ दिपमा रहको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाई मान वहादुरको खोजतलास गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए । उक्त समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरुलार्य चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजान र सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारण सवैमा अनुरोध गरेको छ ।