पोखरा, चैत्र २७,
पोखरा महानगरपालिका वडा नं १४ चाउथेमा रहेको एकता वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १२ औ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं २७ वयलपाटा मा रहेको श्रीकृष्ण प्रणामी वृद्ध तथा वाल आश्रममा आज चामल , दाल, चाउचाउ , तोरिको तेल लगायतको खाद्यान्न, खाना पकाउने ग्याँस, तथा फलफुल सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सहकारीका अगुवा तथा हंसपुर थुम्की पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष क्या. हर्क वहादुर गोदारले आश्रमका संरक्षक कल्याण कुमार कार्कीलाई सो खाद्यान्न तथा फलफुल हस्तान्तरण गरेका थिए । खाद्यान्न हस्तान्तरण कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै क्या. गोदारले विदेशमा वृद्ध वृद्धाहरुका लागि सरकारले सवै प्रकारको समाजिक सुरक्षाको ग्ग्यरेन्टी गर्ने भएपनि नेपालमा सो व्यवस्था नभएको भन्दै आश्रमले असाहाय वृद्ध वृद्धा तथा वालवालिकाहरुका लागि अभिभावकत्व प्रदान गरेकोमा धन्यवाद दिएका थिए । क्या गोदारले सो अवसरमा आश्रमलाई आफ्नो ब्यक्तिगत तर्फवाट रु ५ हजार नगद सहयोग समेत प्रदान गरेका थिए ।
कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै सहकारीका सल्लाहाकार नवराज सुवेदीले विभिन्न कारणले परिवारवाट अपहेलित भएर वेसाहार भएका वृद्ध वृद्धाहरुलाई तथा अनाथ वाल वालिकाहरुलाई आश्रय दिने परोपकारी कामको प्रसंशा गरे । सहकारीले सामाजिक उत्तरदाईत्व अन्तर्गत, रक्तदान, स्वास्य शिविर, सरसफाई, लगायतका अन्य धेरै कामहरु गर्दै आईरहेको वताउदै यसै अन्तर्गत आश्रमलाई सानो सहयोग गरिएको वताए । सहकारीका अध्यक्ष सुदर्शन पौडेलले राधाकृष्ण वृद्ध तथा वाल आश्रम ओझेलमा परेको अनुभूति गरेर सहकारीले यो आश्रममा सहयोग लिएर आएको वताए । अनाथ तथा साहार विहिन भएर वाँचेका वृद्ध आमा वुवाहरु तथा स साना भाईभविहनीहरुलाई आश्रय दिएर आश्रमले परोपकारी काम गरेको वताउदै आफुहरुले आगामी दिनहरुमा पनि आश्रमलाई सहयोग गर्ने वताए । सो अवसरमा आश्रमका संरक्षक कल्याण कुमार कार्कीले आश्रमको नाममा ३५ रोपनी जग्गा रहेको, आफुहरुले भजन कृतन गर्दै १० लाख रुपयाँ जम्मा गरेको रकम र तत्कालिन लेखानाथ नगरपालिकको सहयोगमा पक्की भवन वनाउन सफल भएको वताए । हाल आश्रममा १४ जना बृद्ध वृद्धा तथा १० जना वालवालिका रहेको वताउदै बृद्धवृद्धा तथा वाल वालिकको खानपान, आवास तथा पठनपाठनको व्यवस्था आश्रमलेनै मिलाएको वताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलक प्रसाद तिवारीले स्वागत तथा कार्यवहाक सचिव प्रकाश केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा सहकारीका लेख सुपरिवेक्षण समितिका संयोजक विश्वनाथ ओझा, सहकारीका पदाधिकारीहरु, सञ्चालकहरु, पूर्व सञ्चालकहरु, विभिन्न उप समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।