पोखरा मंसीर १८,
स्याङजा जिल्ला निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उप सभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिवार राती सम्पन्न मत परिणाम अनुसार नेकपा एमालेकी केन्द्रिय सचिव समेत रहेकी पद्मा कुमारी अर्याललाई ५६२७ मतान्तरले हराउदै गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्रप्त गरेका थिए भने नेकपा एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरिन् । तेस्रो स्थान हाँसिल गरेका राष्ट्रिय स्वतन्त्र पार्टिका टिक प्रसाद गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गरे भने राप्रपाका लाल गोपाल अर्यालले भने जम्मा ८ सय ८४ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा तर्फ दुवै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्धवार विजयी भएका छन् । प्रदेश तर्फको १ मा नेपाली काँग्रेसका भोजराज अर्याल १५१६१ मत ल्याउदै विजयी भएका छन् । उनले गण्डकी प्रदेश सभाका निर्वमान सदस्य समेत रहेका नेकपा एमालेका मोहन रेग्मीलाई २७३० मतान्तरले पराजित गरे । अर्यालले १५१६१ मत ल्याउदा एमालेका रेग्मीले १२४३१ मत ल्याउका थिए । सो क्षेत्रमा राप्रपाका सागर गैह्ेले १४५७ मत ल्याएका थिए । प्रदेश सभाको २ तर्फ नेपाली काँग्रेसकै महेश भट्टराई निर्वाचित भएका छन् । उनले नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १७८६मतान्तरले पराजित गरे । भट्टराईले १८७८८ मत प्प्त गरेका थिए भने श्रेष्ठले १७००२ मत प्रप्त गरेका छन् । सो क्षेत्रमा राप्रपाका कमल प्रसाद डुम्रेले ८८४ मत प्राप्त गरेका छन् ।
मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा मुलुक भरीको मतगणना भएर नतिजा आईसक्दा पनि स्याङजा क्षेत्र नं २मा १० दिन सम्म मतगणना हुन सकेको थिएन । नेपाली काँग्रेस र नेकपा एमाले विच बुथ क्याप्चरको विवादलाई लिएर अवरुद्ध वनेको सो क्षेत्रमा पुन मतदान गर्ने की मत गणना गर्ने भन्ने विषयमा विवाद हुँदा निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि एउटा टोलीनै पठाएको थियो अन्तमा निर्वाचन आयोगले एमालेको माग अनुसार मतदान नगर्ने निर्णय सुनाउदै मतगणना गर्ने निर्णय गरेको थियो । नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रिय स्तरका नेताहरु चुनाव लडेको सो क्षेत्रमा कसले चुनाव जित्ने हो भन्नेमा मुलुकभरीनै चासो रहेको थियो , नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको क्षेत्र भएका कारण पनि यो क्षेत्र सुरुदेखिनै चर्चामा रहेको थियो । गठवन्धन दलमा रहेको नेकपा एकिकृत समाजवादीले ३ प्रतिशतको थ«ेसहोल्ड पुरा गर्न नसकेको अवस्थामा स्याङ्जा जिल्लामा पुन मतदान गर्दा काँग्रेसले समानूपातिक तर्फ समाजवादीलाई मत दिने आंकलन गरेर एमालेले स्याङ्जामा पुन मतदानका लागि दह्रो अडान नलिएको चर्चा सामाजिक सञ्जालमा भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।