पोखरा पौष २९,
गण्डकी प्रदेश सरकार गठनको वेला नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेका मनाङ जिल्ला निर्वाचन क्षेत्र ख वाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङले मुख्य मन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने वताएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात विहिवार आफ्नो फेसवुक स्टाटस मार्फत गुरुङले आफु प्रतिपक्षमै वसेर रचनात्मक सहयोग गर्ने वताएका हुन् । ३३ सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीलाई गुरुङले विश्वासको मत नदिएपछि ३२ सांसदको मात्रै समर्थन रहनेछ । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले भने गण्डकी प्रदेशमा अधिकारीलाई विश्वासको मत दिन संभावना अत्यन्तै कम रहेको वताईन्छ । मुख्यमन्त्री अधिकारीले आज प्रदेश सभा वैठकवाट विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।