पोखरा वैशाख १४,
जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधनलाई चेक जाँच तथा नियन्त्रण गर्ने अभियानलाई तिव्रता दिएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले यही वैशाख ३ गते देखि १४ गते सम्म गरेको चेक जाँचका क्रममा त्यसरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने तथा स्वरुप परिवर्तन (मोडिफाई) गरि चलाईएका ३५ वटा सवारी साधनहरु (मोटरसाइकल)लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय कासकीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
यसै विच कास्की प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन सवैमा अनुरोध गरेको छ । सडकमा चर्को आवाज गरेर मोटरसाईकल चलाउने तथा स्वरुप परिवर्तन गरेर सवारी साधन चलाउने उपर जिल्ला प्रहरी कार्यालय कास्कीले अभियाननै सञ्चालन गरेर नियन्त्रणको प्रयास गरिरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।