पोखरा असोज २३,
पोखरा महानगरपालिकका विभिन्न ठाँउमा मोटरसाईकलका स्वपरुप परिवर्तन गर्ने, चर्को आवाजमा मोटरसाईकल चलाउने, ट्राफिक नियमले तोकेको भन्दा हाई स्पिडमा मोटरसाईकल चलाउन, लागु पदार्थ खाएर सवारी साधन चलाउने र त्यसले दुर्घट्ना हुन सक्ने, ध्वनी प्रदुषण हुने तथा समाजमा शान्ति सुव्यवस्थामा खलल पुग्ने लगायतका कार्यहरु भईरहेका गुनासाहरु आईरहने गरेका छन् । ट्रफिक प्रहरलिाई समेत छल्दै चलाउने गरेका यस्ता खालका मोटरसाईकल विषेश गरि युवाहरुले चलाउने गरेको पाईन्छ । यस्ता खालका गुनासाहरु आउने क्रम वढेपछि प्रहरीले त्यस्ता मोटरसाईकलहरुमा निगरानी वढाउन थालेको छ । यसै क्रममा आज मिति असोज २१ गते जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूवाट यसरी मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका २२ थान मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसरी नियन्त्रणमा लिएका मोटरासाईकलहरुलाई परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहबरमा जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ । यसरी स्वरुपप परिवर्तन गरेर चर्को स्वरमा तथा हाईस्पिडमा चलाउने मोटरसाईकल उपर नियमित रुपमा निगरानी गरिने समेत «ाफिक प्रहरीले जनाएको छ ।