पोखरा जेष्ठ १७,
नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटीले आफ्नो पार्टिका गण्डकी प्रदेश कमिटी सदस्य, स्वास्थ्य बिभागका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष स्व.चेत वहादुर गुरुङको निधनको नवौ दिनको पुण्य तिथीमा आज उहाँकै निवास पोखरा १०मा श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा सो पार्टिका स्थायी कमिटीका सदस्य तुल वहादुर गुरुङले स्व. चेत वहादुर गुरुङ सवैका आँखाका नानी भएको वताए । सवैसंग घुलममिल हुन सक्ने क्षमता भएका गुरुङ अत्यन्तै मिलनसार तथा सहयोगि रहेको र गुरुङको अकल्पनिय निधनले पार्टिपंतीका साथै समाजले एक असल ब्यक्तिलाई गुमाएको वताए । नेकपा एकिकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ वरालले स्व. गुरुङको निधनले पार्टिलाई अपुरणीय क्षती पुगेको वताए । सवैलार्ई सहयोग गरौ भन्ने भावना भएका स्व. गुरुङ पोखराका प्रतिष्ठित स्वास्थ्यकर्मी एवं सफल ब्यवसायी भएको वरालले वताए । सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख एवं नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य धनराज आचार्यले गुरुङको निधनले आफु दुखित भएको वताउदै पोखराले एक कुशल स्वास्थ्यकर्मी गुमाएको वताए । चेत गुरुङ संग आफ्नो लामो सम्वन्ध रहेको वताउदै आचार्यले गुरुङको निधनले एक असल मित्रको अभाव सधै खड्कीरहने वताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल र प्रदेश कमिटीका सदस्य एवं स्वास्थ्य विभाग गण्डकीका उप प्रमुख रामचन्द्र पौडेलले स्व चेत वहादुर गुरुङको वारेमा प्रकाश पारेका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय कमिटी सदस्यहरु, केन्द्रिय सल्लाहाकार, केन्द्रिय परिषद सदस्य, गण्डकी प्रदेश कमिटीका सदस्यहरु, कास्की जिल्ला कमिटीका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु, पोखरा महानगरपालिका कमिटीका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु, विभिन्न जन संगठनका अध्यक्ष , पदाधिकारी र सदस्यहरु लगायतको सहभागिता रहेको रहेको थियो ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल स्थित रक्त सञ्चार केन्द्र रामघाटमा लामो समय सेवा गरि निवृत गुरुङ पोखराको फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरका पूर्व अध्यक्ष तथा संस्थापक रहेका थिए । गुल्मी जिल्लामा जन्मेका गुरुङले पोखरालाई आफ्नो कार्मक्षेत्र वनाएका थिए । पोखराका अग्रज एवं कुशल स्वस्थ्यकर्मीको परिचय वनाएका गुरुङ अन्य धेरै समाजिक संस्थाहरुमा समेत आवद्ध रहेका थिए । मृगौला सम्वन्धि रोगका कारण भारतको नयाँ दिल्लीमा उपचारकै क्रममा गुरुङको निधन भएको थियो । गुरुङको निधनमा समाजका विभिन्न क्षेत्रका अगुवाहरुले श्रद्धाञ्जली व्यक्त गर्दै दुख ब्यक्त गरेका छन् ।