पोखरा मंसीर २२,
कास्की जिल्लाको हंसपुरमा जन्म भई मुलुकका विभिन्न ठाँउमा वसोवास गर्ने सुवेदीहरुको कुल पुजा आज रुपा गाँउपालिका ७ हंसपुरमा सम्पन्न भएको छ । म्याग्दी जिल्लाको राखुवाट हंसपुरमा आएर सुवेदीहरुका पुर्खा वसेको र ती मध्येका जेष्ठ अग्रजले सुनको पटुका वाध्ने गरेको मान्यताको आधारमा हंसपुरे सुवेदीका अग्रज सुनज्यरी वाजे भएकाले उनैको नामवाट हंसपुरमा सुनज्युरी सामाजिक सेवा समितिको गठन गरि सुनज्युरीको मन्दिर समेत निर्माण गरिएको छ । र मन्दिर भित्र सुनज्युरी वा र आमाको तस्विीर पनि राखिएको छ ।
कुल पूजाका लागि हंसपुरवाट पोखरा, काठमाण्डौ, चितवन, वाँके वर्दिया, कैलाली, लगायत मुललुकका विभिन्न ठाँउवाट दाजुभाईहरु आज हंसपुरमा भेला भएका थिए । कुलका सवैभन्दा जेष्ठ सदस्यले कुल देवताको पूजा गर्ने परम्परा अनुसार आज जेष्ठ कर्ताको रुपमा दिवाकर सुवेदीले सम्पूर्ण दाजु भईहरुको तर्फवाट मन्दिरमा पूजा गरेका थिए । पूजा पूर्व सुवेदीकै निवासवाट दीयो कलश समेत निकालिएको थियो । प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन गरिने पूजाका लागि टाढा टाढावाट आफ्नो जन्मभूमीमा दाजु भर्ईहरुको भेटघाट एवं पुर्नमिलन तथा परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।
सो अवसरमा हंसपुरमा जन्मभई नेपालको लोक साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका हंसपुरे सुवेदीको साहित्क नामवाट परिचीत डा . तिर्थराज सुवेदीको स्मृतिमा प्रकाशन गरिएको स्मृतिमा डा. हंसपुरे सुवेदी ग्रन्थको बिमोचन समेत गरिएको थियो । समाजका जेष्ठ सदस्य दिवाकर सुवेदीले स्मृति ग्रन्थको बिमोचन गरेका थिए । सो अवसरमा डा. तिर्थराज सुवेदी (हंसपुरे सुवेदी) को नाममा मन्दिर परिषरमा निर्माण गरिएको तिर्थ स्मृति भवनको उद्घाटन समेत गरिएको थियो । कार्यक्रममा स्मृति ग्रन्थको वारेमा ध्रुव कल्पित सुवेदीले विवेचना गरेका थिए । सुनज्युरी सामाजिक सेवा समितीका अध्यक्ष गोकर्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्मृति ग्रन्थका प्रकाशक स्व. तिर्थराज सुवेदीका छोरा बिद्याराज सुवेदी, शारदा प्रसाद सुवेदी, पोषराज सुवेदी लगायतले पुस्तक र स्व. तिर्थराज सुवेदीले नेपाली लोक साहित्य तथा नेपालको शैक्षीक तथा प्रशासनीक क्षेत्रमा गरेका कामहरुको वारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्वागत तथा समितीको गतिविधिको वारेमा भवन निर्माण समितीका अध्यक्ष कालिदाश सुवेदी, भवन निर्माणको आम्दानी र खर्चको वारेमा उपाध्यक्ष ध्रुव कल्पित सुवेदी र कार्यक्रमको सञ्चालन मोहन सुवेदीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।