पोखरा, जेष्ठ २०,
हंसपुर थुम्की पोखरा सम्पर्क समाजको नवौ अधिवेसन तथा १८ औ साधारण सभा आज पोखरामा सम्पन्न भएको छ । अधिवेसनले प्रकाश के.सी.को अध्यक्षतामा सर्व सम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा विकाश खनाल, सहसचिवमा विष्णुहरि ढकाल र कोषध्यक्षमा सरस्वती पौडेल निर्वाचित भएका छन् । यसै गरि सदस्यहरुमा भेषराज न्यौपाने, विष्णु प्रसाद सुवेदी, वेलवहादुर गुरुङ, कविराज सुवेदी, संझना कट्टेल र जनकराज सुवेदी रहेका छन् ।
यस अघि अधिवेसनको रुपा गाँउपालिकका अध्यक्ष नवराज ओझाले एक कार्यक्रका विच उद्धघाटन गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै ओझाले हंसपुर थुम्की पोखरा सम्पर्क समाजले पोखरामा रहेका समाजका सदस्यहरु विच सुख दुखमा एकाकार हुदै रुपा गाँउपालिका कठिन अवस्थामा रहेकाहरुमानिसहरुलाई पनि विभिन्न हिसावले सहयोग गर्ने गरेको वताए । सुख परेको वेला समाजको त्यति धेरै मतलव नहुने तर दुखमा समाजको महत्व थाहा हुने भन्दै ओझाले त्यो महत्वलार्ई हंसपुर थुम्की पोखरा सम्पर्क समाजले पुरा गर्नुपर्ने वताए । आफ्नो तर्फवाट समाजका हरेक गतिविधिमा सहयोग रहने भन्दै ओझाले रुपा गाँउपालिकाले विकास निर्माण , जनताको लागि आय आर्जन लगायतका कामहरुलाई प्राथमिकतामा राखेको वताए । रुपा गाँउपालिकको वडा नं ७ को रामकोट, दमदमे, कार्तिखर्क, पिप्ले, स्यास्त्री हुँदै सिद्ध जोड्ने २६ किलोमिटर वाटो यसै वर्ष वन्ने गरि निर्माणको संझौता भएको समेत ओझाले वताए ।
कार्यक्रममा हंपसुर थुम्की पोखरा सम्पर्क समाजका सल्लाहाकार नवराज सुवेदीले समाज सुख दुखको साहारा भएको वताउदै समाजको माद्यमवाटनै एक आपसमा सहयोग आदान प्रदान तथा आत्मियता वढेको वताए । यस वर्ष समाजको आफ्नै भवन निर्माण गर्नुपर्ने वताउदै त्यस काममा सहयोग गर्न पनि सुवेदीले सवैसंग अनुरोध गरे । अर्का सल्लाहाकार रविन वावु पौडेलले समाज स्थापनाको विगतलाई स्मरण गर्दै समाजले नै एक आपसमा जोड्ने कार्य गरेको वताए । समाजले विगतमा ४ वटा स्मारिक प्रकाशन गरेको वताउदै पौडेलले उक्त कार्यलाई निरन्तराता दिनुपर्ने वताए । समाजका अध्यक्ष प्रकाश के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष क्या. हर्क वहादुर गोदार, पूर्व अध्यक्ष धनेश्वर सुवेदी, संसथापक वयान वहादुर गोदार,पूर्व सचिव वृहष्पति अधिकारी, रुपा गाँउपालिका वडा नं ७ का पूर्व अध्यक्ष दयाशागर सुवेदी,आविजन सदस्य केशव राज भट्टराई, समाजका सचिव सुदर्शन पौडेल र सहसचिव सरस्वती पौडेलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । अधिवेसनले अध्यक्ष प्रकाश के.सी.ले पेस गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रदिप सुवेदीले पेस गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
![](http://fewapostkhabar.com/wp-content/uploads/2023/06/351463229_104972509289462_750594764069915874_n-1024x461.jpg)