पोखरा फागुन १९,
हिमालय एयरलाईन्सले पोखरा – ल्हासा उडान गर्ने भएको छ । नेपालको पर्यटकीय राजधानी पोखरा र ‘रुफ अफ द वल्र्ड’ भनेर विश्वमा चिनीने चिनको ल्हासा शहर बीच हप्तामा एक पटक उडान गर्ने एयरलाईन्सले एक विज्ञप्ती प्रकाशित गर्दै जनाएको छ । नेपालको पोखरा र तिव्तको राजधानी लहासा विच उडान गरेर एयरलाईन्सले उडानको क्षेत्रीय सञ्जाल बिस्तार गर्ने जनाएको छ । यसै वर्षको मार्च ३१, देखि उडान सुरु हुने जनाईएको छ । सुरुमा हप्ताको एक दिन उडान गरेता पनि मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजना सहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्न लागिएको हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले वताए ।
एयसलाईन्सले ल्हासा–पोखरा उडान (ज्ढ ठघज्ञ) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ः१५ बजे उडान भर्ने र सोही दिन १२ः४५ मा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (ज्ढ ठघद्द) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने एयरलाईन्सले जनाएको छ ।
हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने उदेश्य रहेको प्रवक्ता श्रेष्ठले वताए । आफुहरु यो उडानवाट उत्साहित भएको जनाउदै हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको वताए । चिनको लहास र पोखरा विच भएको उडानले पोखरामा पर्यटकहरुको उल्लेख्य मात्रामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।