काठमाण्डौ, मंसीर ४,
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आज भइरहेको मतदान छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । अपरान्ह १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको आयोगले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सामान्य विवादका कारण केही समय मतदान रोकिएका मतदान केन्द्रमा पुनः मतदान सुचारु भइसकेको आइतबार १ः०० बजे निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलन जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वताए ।।
मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगसँगको परामर्शमा मात्र गर्न आयोगले मतदान अधिकृतहरूलाई निर्देशन दिएको । पत्रकार सम्मेलनमा वतार्ययो ।