filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5600; AI_Scene: (-1, -1); aec_lux: 44.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 29;

पोखरा मंसीर २९,
नेशनल प्याव्सन कास्कीकले आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ ।
कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्ष बाट शुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हात पारेको हो । चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो ।
त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तृतीय भयो ।
त्यस्तै एथलेटिक्स तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, हेम्जा वोर्डिङ स्कुल दोस्रो तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रा भए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको वताए ।
विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्तमा मात्र नभई पढाईसँग अभिन्न अंगमा रुपमा लैजान मन्त्री थापाले सुझाव दिए ।
नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको वताए ।
यसअघि कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फाइनल खेलमा ३–० ले कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको थियो ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थीले मैदानमा प्रतिस्पर्धाका गरेका थिए ।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जानएका थिए ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए । जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको थियो ।
त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड रहेको थियो । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको थियो ।
त्यस्तै सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको थियो । २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।