यही मंसीर ४ गते सम्पनन हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छोडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी प्रवेश गर्ने युवामा अधिकाँश दलित समुदायका छन् । उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भ¥याङ् मात्रै बनाएकोमा छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपालीले एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वास आफुहरुमा भएर नै माओवादीमा प्रवेश गरेको वताए । उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी भएको भन्ने आफुले वुझेर आफुहरु माओवादीमा प्रवेश गरेको वताए ।
पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेकोले आफ्नो प्रतिवद्धता प्रति ईमान्दार भएर जनताको सेवा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।