पोखरा फागुन ३०,
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाको वैठकवाट विश्वासको मत लिएका छन् । २७५ सदस्य रहेको प्रतिनिधी सभामा आज प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा २६८ सांसदले मतदान प्रक्रियामा भाग लिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नेकपा एमाले, माओवादी केन्द्र रास्वपा, जसपा, नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टि र २ स्वतन्त्र सांसद गरि १५७ जनाले मतदान गरेका थिए । सभामुख देवराज धिमिरेले प्रधानमन्त्रीले विश्वासको मत को पक्षमा १५७ अर्थात संसदमा रहेको कुल संख्याको वहुमत सदस्यको समर्थन प्राप्त गरेकाले विश्वासको मत प्रप्त गरेको घोषणा गरेका थिए । प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा नेपाली काँग्रेस, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टि, जनमत पार्टि, नेमकिपा गरि ११० जनाले मतदान गरेका थिए । यस अघि प्रधानमन्त्री प्रचण्डले २ पटक विश्स्वासको मत लिईसकेका छन् ।