पोखरा वैशाख ३,
पोखरा महानगरपालिका वडा नं ८ मा रहेको श्रीराम दिदी वहिनी समूहको आयोजनामा १५ दिने मादल वजाउने पुन ताजगी तालिम सम्पन्न भएको छ । २०८१ चैत्र १८ गते देखि सुरु भएको तालिम २०८२ वैशाख ३ गते समापन भएको हो । पोखरा महानगर पालिका वडा नं ८ कार्यालयको आर्थिक सहयोगमा भएको उक्त तालिममा १३ जना महिला र ३ जना पुरुष गरि १६ जनाको सहभागिता रहेको थियो । उक्त तालिमको आज वुधवार एक कार्यक्रमाका विच समापन गरिएको छ । समापन कार्याक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं ८का वडा सदस्य पवित्रा केसीले तालिमका सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेकी थिईन् । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै केसीले तालिममा सिकेको ज्ञानलाई व्यवाहारमा उतार्नुपर्ने वताउदै समुहले यस्ता खालका जीवनउपयोगि तालिमहरु गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि समूहलाई वडा कार्यालयको तर्फवाट सहयोग रहने वताईन् । सो अवसरमा केसीले श्रीराम दिदी वहिनी समूहलाई वडा भरीकै नमूना समूह वन्न शुभकामना समेत दिएकी थिईन् ।
कार्यक्रममा वडा नं ८का वडा सदस्य गोविन्द वरालले तालिममा सिकेका सिपलाई सदुपयोग गरि ब्यवाहारमा निरन्तरता दिदै जानुपर्ने वताए । वडा सचिव झंकनाथ पौडेलले यस्ता खालका तालिमहरुलाई निरन्तरता दिन दिदी वहिनी समूहलाई अनुरोध गरे । तालिमका प्रशिक्षक विमल गायकले संगित भनेको लामो समय सम्म अभ्यास गर्ने र निरन्तरता दिदै जानुपर्ने विषय भएकाले यसतर्फ ध्यान दिन सहभागिहरुलाई अनुरोध गरे । सहभागिको तर्फवाट गोकर्ण वरुवालले सिकेको सिपलाई निखार ल्याउनका लागि निरन्तर अभ्यास गर्दै जाने वताउदै विषेश गरि संगितले जेष्ठ नागरिकहरुको एक्लोपना दूर गर्ने र उनिहरुलाई समय विताउन सहज वनाउने वताए ।
श्रीराम दिदी वहिनी समूहका अध्यक्ष मिरादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समूहका कोषाध्यक्ष विष्णु अधिकारी वरुवालले स्वागत र कार्यक्रमको सञ्चालन सचिव विनिता रेग्मीले गरेकी थिईन् ।
दिदी वहिनी समूहकै आयोजनामा १ महिने हाते वुनाई तालिम सम्पन्न भएको समूहकी अध्यक्ष मिरा देवी अधिकारीले जानकारी दिईन् । सो तालिमको नेतृत्व पूर्व कर्मचारी समेत रहेकी समूहकी अध्यक्ष अधिकारीले गरेकी थिईन् । समूदायमा रहेका महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउन तथा न्यून आय भएका महिलाहरुलाई आय आर्जनमा लगाउन सकिने हिसावले वडा कार्यालयले दिदी वहिनी समूहलाई २ थान सजिलो वुनाई मेसिन प्रदान गरेको छ । सो अवसरमा वडा सदस्यद्धय पवित्रा केसी र गोविन्द वरालले २ थान मेसिन दिदी वहिनी समूहकी अध्यक्ष मिरादेवी अधिकारीलार्ई हस्तान्तरण गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।