पोखरा ,चैत्र, १४,
७० वर्षिय अमेरिकन महिलालाई अपहरण गर्ने र फिरौती माग्ने एक महिला लाई प्रहरीले पक्राउ गरेको छ भने अपहरणमा परेकी ति अमेरिकन नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । मुस्ताङ जिल्लाको प्रसिद्ध मुक्तिनाथ मन्दिरका भ्रमणका लागि साथीहरुसंग आएकी र पोखराको एक होटलमा वसेकी ती महलिा अपहरणमा परेको कास्की प्रहरीले जनाएको छ । होटलमा वसेकी ती महिलालााई यही चैत्र ११ गते अपहरण गरिएको र उनिसंग ३ लाख युरो फिरौती माग गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका नि. सूचना अधिकारी प्रहरी निरिक्षक अविनाश दिप जिसीले वताए । नेपाल स्थित अमेरिकन राजदूतावसले चैत्र ११ गते आफ्नो देशकी नागरिक अपहरणमा परेको र उनिसंग ३ लाख युरो फिरौती माग गरिएको भन्दै प्रहरीलार्य पत्राचार गरेको थियो सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान अगाढि वढाएको थियो । कास्की प्रहरीले केन्द्रिय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुर संग सहकार्य गरि हेटौडा उप महानगरपालिका वडा नं.१९ नेवारपानी बाट पीडित अमेरीकी नागरिकलाई सकुशल उद्दार गरेको र उक्त घटनामा संलग्न नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको जिसीले जानकारी दिए अपहरणकारी महिलालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिन (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।