पोखरा फागुन १३,
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उमेद्धवारी दर्ता गराएका छन् । संसद भवन नयाँ वानेश्वरमा रहेको निर्वाचन अधिकृतको कर्यालयमा गएर पौडेल र नेम्वाङले उमेद्धवारी दर्ता गराएका हुन् । शुक्रवार निर्माण भएको ८ दलीय गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पैडेलले उमेद्धवारी दर्ता गराएका छन् । पौडेको उमेद्धवारी दर्ता गराउन ८ दलीय गठवन्धनका शिर्ष नेताहरु संसद भवन पुगेका थिए । पौडेलको प्रस्तावकमा नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, जनता समाजवादी पार्टिका वरिष्ठ नेता अशोक राई र जनमत पार्टिका अव्दुल खाँन रहेका छन् । त्यसै गरि समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रवहादुर केसी, नागरिक उन्मुक्ति पार्टिका रंजिता श्रेष्ठ चौधरी,नेपाली काँग्रेसका उप समभापति पूर्ण वहादुर खड्का र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।