पोखरा फागुन १३,
राष्ट्रपतिमा नेपाली काँग्रेसका उमेद्धवारलाई मतदान गर्ने निर्णय गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टि, नागरिक उन्मुक्ति पार्टि र लोकतान्त्रिक समाजवादी पार्टिको ८ दलीय गठवन्धन वनेपछि नेकपा एमाले सहितको ७ दलीय गठवन्धन टुटेको छ । शुक्रवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली काँग्रेसले उठाएको उमेद्धवारलार्ई समर्थन गर्ने प्रस्ताव गरेर नयाँ गठवन्धन वनेको उद्धघोष गरेपछि ७ दलीय गठवन्धनको औचित्य समाप्त भएको हो । ७ दलीय गठवन्धनमा रहेका जनता समाजवादी, जनमत पार्टि र नागरि उन्मुक्ति पार्टि समेत नया गठवन्धनमा सामेल भएका छन् ।
प्रधानमन्त्री दाहालकै प्रस्ताव बमोजिम काँग्रेसको उमेद्धवारलार्य राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गर्दै ८ दलीय नयाँ गठवन्धन वनेपछि नेपाली राजनितीको कोर्ष २ महिना वित्दा नबित्दै परिवर्तन भएको छ । परिवर्तित अवस्थामा के गर्ने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको सचिवालय वैठक अहिले विहान वस्दैछ । संभवत एमालेले यो वैठकवाट सरकारलार्ई दिएको समर्थन फिर्ता लिदै सरकारवाट वािहिरिने निर्णय गर्दैछ । एमालेले सो वैठकवाट आफ्नो पार्टिको तर्फवाट राष्ट्रपतिको उमेद्धवार समेत चयन चयन गर्दैछ । पौष १० गते राष्ट्रपति एमालेलाई दिने भनेर गरेको सहमती तोडेकोले एमाले प्रचण्ड नेतृत्वको सरकारमा नरहने एमाले नेताहरुले प्रतिक्रिया दिएका छन् ।
नेपाली काँग्रेसकाले उठाएको ब्उक्तिलाई राष्ट्रपतिमा मतदान गर्ने गरि ८ दलीय गठवन्धन व्यूताएका नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीले पावर शेयरिङ गरेर अगाडि वढ्ने वताएका छन् । जस अनुसार उप राष्ट्रपति जनता समाजवादी पार्टिलाई दिने, पुष्पकमल दाहाल प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री हुने , नेकपा एकिकृत समाजवादीलाई १ वर्ष र वाँकी दुई वर्ष काँग्रेसले सरकारको नेतृत्व गर्ने सहमती नेताहरुले गरेका छन् । प्रदेश सरकार सञ्चालनका लागि कार्यदल गठन गर्ने सहमती पनि दलहरुले गरेका छन् । काँग्रेसवाट रामचन्द्र पौडेल राष्ट्रपतिको उमेद्धवार वन्ने संभावना वलियो रहेको छ । काँग्रेसले आज विहाननै राष्ट्रपतिको उमेद्धवार छान्न कार्य सम्पादन समितिको वैठक वोलाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।