पोखरा , पौष ११,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको मन्त्री मण्डल सहित आज सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक कार्यक्रमका विच सपथ ग्रहण गराएकी छन् । सपथ ग्रहण संगै प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन् । नव गठित मन्त्री परिषदमा नेपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टिवाट उपप्रधान मन्त्री वनेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पैडेल उपप्रधान सहित अर्थ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ उपप्रधान सहित भैतीक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रवि लामिछाने उप प्रधान सहित गृह मन्त्री भएका छन् । जनमत पार्टिका उपाध्यक्ष अव्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् । त्यसै गरि अन्य मन्त्रीहरुमा दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला कुमारी साह रहेका छन् । उनिहरुको भने जिम्वेवारी तोकिएको छैन । राप्रपा, र जनमत पार्टि सरकारमा जनाने भएका छन् । जसपाले भने सरकारमा जाने नजाने भन्ने वारेमा कुनै निर्णय लिएको छैन ।