निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन अत्यावश्यकीय सेवाका साथ साथै निर्वाचनमा प्रयोग हुने कर्मचारी लगायतलाई सवारी साधन प्रयोग गर्दा सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले कार्तिक २६ गते गरेको निर्णय अनुसार

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल,खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन,दूध बोक्ने सवारी साधन
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ । त्यसै गरि दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,तरकारी, फलफूल तथा बिद्युतिय सेवका लागि प्रयोग हुने सवारी साधन,कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायक सवारी साधन र आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनले अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ । यस अगाडिका निर्वाचनहरुमा जिल्ला प्रशासन कार्यालयवाट अनुमति पत्र लिएर मात्रै सवारी साधन चलाउन पार्यने व्यवस्था रहेको थियो । आयोगले निर्दिष्ट गरेका क्षेत्र र सेवाले प्रयोग गर्ने सवारी साधनहरु मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न नपाईने स्पष्ट पारेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।