पोखरा मंसीर १७,
पोखरा महानगरपालिकाको शहरी क्षेत्रको मद्य भागवाट वग्ने फिर्के खोलाको खोलाघर मिचेर वनाईएका संरचना भत्काउने कार्य उच्च अदालत पोखराको अन्तरिम आदेशका कारण रोकिएको छ । महानगरपालिकको वडा नं १८,२,४,५,६,७,८ र १७ भएर वग्ने फिर्के खोलाको मापदण्ड मिचेर संरचना वनाईएको र खोला हिड्ने ठाँउ ( खोलाघर) भित्र १६० वटा संरचना वनाईएको महानगरपालिकाले हालै गठन गरेको प्रविधिक समितिले जनाएको छ । प्रविधिक समितीले २ महिना लगाएर नाप जाँच गरि उक्त प्रतिवेदन तयार गरेको हो । २०३४ सालको नापी नक्साको आधारमा टोलीले फिर्के खोलाको खोलघर छुट्याएको जनाएको छ । फिर्के खोलामा महानगरपालिकाले अझै सम्म पनि मापदण्ड एकिन गर्न सकेको छैन । मापदण्ड १० मिटर या ५ मिटर कायम गर्ने भन्नेमा अन्यौलनै देखिएको छ । मापदण्ड एकिन गरेको अवस्थामा अतिक्रमित संरचनाहरुको संख्या अझै वढ्न जाने देखिन्छ । पोखरा महानगरपालिकाको प्रविधिक टोलीले खोलघर भित्र वनेका संरचना भित्र पोल गडिसकेको छ । सोही प्रतिवेदनको आधारमा महानगरपालिकाले कार्तिक १० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो उक्त सूचनामा खोलाघर भित्र वनाईएका संरचना भत्काउन भनिएको थियो यदी ब्यक्ति वा संघ संस्थाले ति संरचना नभत्काएमा महानगरपालिकाले आफैले भत्काउने र भत्काउदा लागेको खर्च असुल गर्ने भनिएको थियो । महानगरपालिकाले खोलाघर भित्रका संरचना भत्काउने सूचना प्रकाशित गरेपछि अव फिर्के खोलमा अतिक्रमण गरेर वनाईएका संरचनाहरु भत्काएर सरकारी सम्पत्तिको संरक्षण महानगरपालिकाले गर्ने भयो भनेर पोख्रेलीहरु खुसी भएका थिए ।
महानगरपालिकाले फिर्के खोलाको ८ किमि क्षेत्रको दाँया वाँया साईकल लेन सहितको हरियाली क्षेत्र वनाउने, फिर्के खोलामा बाह्ै महिना पानी वग्ने व्यवस्था मिलाउने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारण ल्याएको छ । पहिलो चरणमा खोलाघर भित्र वनेका संरचना भत्काएपछि विस्तारै मापदण्ड निर्धारण गर्ने र मापदण्ड अनुसार अन्य अतिक्रमित संरचनाहरु पनि भत्काउदै लैजाने भयो भनेर खुसी भएका पोख्ररेलीहरु उच्च अदालतकोे अन्तरिम आदेश पछि निरास भएका छन् भने पोखरा महानगरपालिका पनि अदालतको पूर्ण पाठ कुरेर वसेको अवस्था छ । पोखरा महानगरपालिकाले ३५ दिने सुचना प्रकाशित गरेपछि उक्त सूचना कार्यान्वयन नगर्न भन्दै उच्च अदालत पोखरामा मुद्धा परेपछि उच्च अदालत पोखराले कार्तिक २४ गते पोखरा महानगरपालिकका नाममा तत्कालका लागि फिर्के खोलमा वनेका संरचना नभत्काउन अन्तरिम आदेश दिएको थियो ।
पोखरा महानगरपालिकाको वडा नं १८ देखि फेवाताल सम्मको ८ किमी क्षेत्रमा वग्ने फिर्के खोला नराम्ररी अतिक्रमित वनेको छ । कतिपयले फिर्के खोलाको किनारमा लालपूर्जा भएको जग्गा देखाएर त्यसैको आडमा रहेको फिर्के खोला अतिक्रमण गरेर संरचना वनाएका छन् भने कतिपयले फिर्के खोला हिडिरहेको र विगतमा हिड्ने गरेको खोलाघरमै संरचना वनाएको पोखरा महानगरपालिकको प्रविधिक समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी फिर्के खोला अतिक्रम गर्ने हरुमा सामजिक संघ संस्था, समाज घर, शिक्षण संस्था, सामूदायीक भवनहरु, र ब्यक्तिहरु समेत रहेका छन् । महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा पोखरा ८ स्थित पोखरा इञ्जिनियरिङ कलेज, पोखरा ८ कै लिटिलस्टेप मावि, वराल समाज घर, राधाकृष्ण वहुउदेश्यी भवन, लाईन्स भवन,फिर्के तमु समाज घर, लगायत अन्य संघ संस्था र ब्यक्तिगत संरचनाहरु रहेका छन् । विगतमा बिभिन्न हिसावले फिर्के खोलाको अतिक्रमण गरियो । हाल पोखरा महानगरपालिकामा निर्वाचित भएर आएपछि प्रमुख धनराज आचार्यले फिर्के खोलामा वनेका अतिक्रमित संरचना भत्काएर फिर्केलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सोच वनाएर नगर कार्यपालिकावाट गरिएको निर्णयको पोख्ररेलीहरुले मुक्त कष्ठले प्रशंसा गरेका वेला अदालतको अन्तरिम आदेशले पोखरा महानगरपालिकालाई आफ्नो उदेश्य अनुरुपको काम गर्न वाधा पुगेको छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायीत्व स्थानिय सरकारको हो सोही अनुरुप पोखरा महानगरपालिकाले काम अगाडि वढाएको हो । फिर्के खोलाले वगाएर ल्याएको माटोले फेवातालको ११ रोपनी ४ आना क्षेत्रफल पुरिएको प्राविधि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रधुषण पनि त्यत्तिकै छ । वर्षदको समयमा त्यसरी अतिक्रमण गरेर वनाईएका संरचना भत्केर मानिसहरुको मृत्यु हुने जोखम त्यत्तिकै छ । त्यति मात्रै हैन सार्वजनि सम्पत्ति मिचेर आफ्ना अनुकुल संरचना वनाएर नियम कानूनको धज्जी उडाईएको छ । यस्तो अवस्थामा त्यस्तो कार्यवाट फिर्के खोलालाई वचाउन गरिएको प्रयास अदालतको कारण राकिएको छ ।
३५ दिने सूचना प्रकाशित गरेर अतिक्रमित संरचना भत्काउने तयारीमा रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य फिर्के खोलाको खोलघर भित्रका संरचना भत्काउन अदालतको पूर्ण पाठ कुर्नुको विकल्प नरहेको वताउछन् । पूर्ण पाठ आएपछि महानगरपालिकाले जवाफ दिने मौका पाउने र त्यतिवेला न्यायालयमा फिर्के खोलाको यथार्थ चित्र प्रस्तुत गरिने आचार्यले वताए । हाल फिर्केको आडैमा भएको सानो क्षेत्रफलको लालपूर्जा देखाएर ठूलो भूभाग अतिक्रमण गर्ने कार्य भएको प्रमुख आचार्यले वताए । पोखराको विकासको लागि न्यायालय लगायत सवै क्षेत्रवाट सहयोग हुने अपेक्षा रहेको प्रमुख आचार्यले वताएका छन् । फिर्के खोलाको खोलाघर भित्र २८ घर धुरी सुकुम्वासीहरुका घर परेको भन्दै उनिहरुलाई सोही करिडोरमा व्यवस्थापन गर्ने हिसावले महानगरपालिकाले सोचिरहेको प्रमुख आचार्यले वताए ।