पोखरा, पौष १८,
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा चिनको एक्जिम वैकलाई तिर्नुपर्ने २२ अर्वको ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गरिदिन चिन सरकार संग आग्रह गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धघाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले चिन सरकारले नेपालको आर्थिक विकासमा गरेको सहयोगको प्रशंसा गर्दै पोखरा अन्तराष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिण गर्न अनुरोध गर्दा सहभागिहरुले ताली वजाएर समर्थन गरेका थिए । मुख्यमन्त्री पोखरेलले अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएपछि अव अन्तराष्ट्रिय उडान तुरुन्तै हुनु पर्ने वताउदै भोली देखिनै पोखरावाट मानिसहरु दक्षीण एसिया र दक्षीण पूर्वी एसियाका देशहरुमा जान पाउनु पर्ने र त्यसको पहल गरिदिन प्रधानमन्त्री संग आग्रह गरे । पोखरामा अहिले पर्यटकको वसार्ई ४ दिन र खर्च गर्ने रकम सरदर ४० डलर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यहाँ आउने पर्यटकको वासई २ हप्ता वनाउन र उनिहरुले २ हजार डलर खर्च गर्ने वातावरण मिलाउन सके यहाँको आर्थिक विकास हुने वताए । गण्डकी प्रदेशको जन प्रतिनिधि भएको हुनाले प्रधानमन्त्रीले यो क्षेत्रको विकामा ध्यान दिन आग्रह गर्दै मुख्यमन्त्रीले प्रदेशको लाईफ लाईनका रुपमा रहेका कतिपय राजमार्गहरु बजेट भन्दा पनि अन्य कतिपय झण्झटका कारणले रोकिएको भन्दै त्यसलाई समाधन गरिदिन आग्रह गरे । आफु अव जानेवाला मुख्यमन्त्री भएको वताउदै मुख्यमन्त्री पोखरलेलले गण्डकी प्रदेशको विकासमा आफुले सक्दो काम गरेको र पुरा गर्न थुप्रै काम वाँकी रहेको वताएका थिए । अन्तराष्ट्रिय सम्मेलन केन्द्र, अन्तराष्ट्रिय क्रिकेट मैदान लगायतमा अव आउने सरकारको ध्यान जानुपर्ने मुख्यमन्त्री पोखरलेलले वताए । पोखरा महानगरपालिकको विषेश पहलमा विमानस्तल निर्धारित समयमानै उद्धघाटनको अवस्थामा पुगेको र महानगरपालिकाकै प्रयासमा यति ठूलो जनशागर उद्धघाटन कार्यक्रममा आएको मुख्यमन्त्रीले वताए । उद्धघाटन कार्यक्रममा मुख्यमन्त्रीको भाषणले धेरैको ध्यान तानेको थियो । सहभागिहरुले कार्यक्रम सम्पनन भईसकेपछि पनि मुख्यमन्त्रीको भाषणको चर्चा परिचर्चा गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।