पोखरा आषाढ १२,
अविरल वर्षका कारण गएको पहिरोमा परि कास्की जिल्लाका अलग २ अलग ठाँउमा गरि २ जनाको मृत्यु भएको छ । मंगलवार राती देखि परेको अविरल वर्षका कारण गएको पहिरोमा परी मंगलवार राती २.३० वजेको समयमा कास्की जिल्लाको मादी गाँउपालिका वडा नं. ५ चितेपानी घुम्तीमा रहेको प्रकाश रानाभाटको व्लक र टिनले बनेको ३ कोठे घरको पछाडी पट्टीको माटोको ढिस्को खस्दा सोही घरमा सुतिरहेकी १३ वर्षकी आयुष्मा रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्ना भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले हजुरआमा ७० वर्षकी लालमाया बन्जारीलाई सकुसल उद्धार गरेको र हजुरआमाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए ।
यसै गरि मंगलवार राती देखि परेको अविरल वर्षका काराण मंगलवार राती ३ वजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटा बस्ने वर्ष ३१ को हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको कच्चीे घर माथीबाट पहिरो भत्कदा हरी सुनारको छोरा ३ वर्षको अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्ना भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले उद्धारको क्रममा घरमा सुतेका निज वालकलाई मृत अवस्थामा फेला पारेको थियो । हरी सुनारकी श्रीमती २७ वर्षकी रितु सुनारलाई घाईते अवस्थामा उद्धार गरि उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको र उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ । सोही घरमा रहेका हरी सुनार र उनकी ९ वष की छोरी अंजली सुनारको भने सकुसल उद्धार गरेको प्रहरी नायव उपरिक्षक शर्माले वताए सुनारको घर घरमा पूर्ण रूपमा क्षती भएको समेत प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।