पोखरा आषाढ २३,
शुक्रवार देखि परेको अविरल वर्षका कारण आएको वाढी र पहिरोको कारण मुलुकका विभिन्न ठाँउमा धनजनको क्षती भएको छ भने कयौ ठाँउमा सडकमा पहिरो आएको कारण सडक अवरुद्ध भएका छन् भने कतिपय सडक भासिन जाँदा दुवै तर्फी यातायात अवरुद्ध हुन पुगेका छन् । कतिपय ठाँउका सडक खुलाईएको भएपनि कतिपय सडकहरु दुवै तर्फी रुपमा अवरुद्ध वनेका छन् । वाढी र पहिरोको कारण काठमाण्डौ उपत्याका अवरुद्ध वनेको छ त्यसै गरि पोखरा जोमसोम सडक खण्डको म्याग्दी मुस्ताङ खण्ड पूर्ण रुपमा अवरुद्ध वनेको छ ।
अविरल वर्षका कारण गण्डी प्रदेशका विभिन्न ठाँउमा धनजनको क्षती भएको छ । शनिवार पोखरा आउने दुवै राजमार्ग वन्द भए । भने हवाई सम्वन्ध पनि टुट्न पुगेको थियो । सिदार्थ राजमार्गको बिभिन्न ठाँउमा गएको पहिरोको कारण शनिवार दिनभरी र रातभरी सडक अवरुद्ध भएको थियो । सडक दिन भरी र रातभरी अवरुद्ध हुँदा यात्रुहरु दिनभरी र रातभरी सडकमै कष्टका साथ वस्न वाद्य भएका थिए । त्यसै गरि पृथ्वी राजमार्गको आवुखेरेनीमा पहिरोको कारण सडक अवरुद्ध वनेको कारण दिनभरी सवारी साधनका लाईन सडकमा थिए भने यात्रुहरु कष्ठका साथ वस्न वाद्य भएका थिए । त्यसै गरि पृथ्वी राजमार्गकै म्याग्दे गाँपालिका स्थित मौरेमा पहिरोले सडक अवरुद्ध पारेको थियो । कमजोर भिजिविलिटीका कारण पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट कुनै पनि जहाज वाहिर जान र आउन सकेनन् । सडक यातायात र हवाई यातायात सञ्चालन नहुँदा शनिवार पोखरा संगको सम्वन्ध पूर्ण रुपमा विच्छेद हुन पुगेको थियो ।
अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र तनहूँमा धन जनको क्षती भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोको कारण स्याङ्जामा ३ जनाको मृत्यु भएको छ । स्याङजा जिल्ला बिरुवा गाउँपालिका वडा नं ६ स्याङदी माझकोट बस्ने ६५वर्षकी गुईश्वरी शर्मा मरासिनी र ७१ वर्षका माधब शर्मा र निजको श्रीमती ६७ वर्षकी हरिमाया शर्माको पहिरोले पुरिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनिहरुको घर समेत पहिरोले पुरिएको छ ।
त्यसै गरि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घर माथीबाट आएको पहिरोले पुरएिको छ । पहिरो आउदै गरेको देखेपछि घर भित्रका सामान निकाल्न जाने क्रममा पहिरोले पुरिएर सोही ठाँउका ४० वर्षकी हिरा नेपाली, ३७ वर्षकी अनिशा बास्तोला र ६५ वर्षका श्याम भण्डारी बेपत्ता भएको प्रहरीले जनाएको छ । साथै सोही क्रममा सोहि स्थान बस्ने ४० वर्षका बिष्णु बहादुर नेपाली, २६ वर्षका बिशाल तिम्लसिना ३५ वर्षका रबि घिमिरे १८ वर्षका रुप कुमार नेपाली र १५ वर्षका बिमल नेपाली घाइते भएका छन् । उनिहरुलाई नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतरा तनहुँकवाट खटिएको ४३ जनाको प्रहरी टोली, ३ नं. बाहिनि खैरेनीटार तनहुँबाट सहसेनानी कमाण्डना खटिएको १० जनाको नेपाली सेनाको टोली र स्थानिय, प्रहरीको सहयोगमा बेपत्ता भएकाहरुको खोजी कार्य भई रहेको र घाईतेहरुलाई उद्दार गरी उपचारको लागि जि.पि कोईराला अस्पताल खैरेनीटार पठाईएको प्रहरीले जनाएको छ । वेपत्ता मध्ये शनिवार हिरा नेपालीको शव फेला परेको वरिष्ठ प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।
उता पर्वत जिल्लामा पहिरोले पुरएिर २ जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–१ कार्किनेटा स्थित कुल प्रसाद पाध्याको २ तले कच्ची घर माथीबाट पहिरो आई पुरिदा घर भित्र रहेका ४० वर्षका झलक प्रसाद शर्मा र स्याङजा आधीँखोला गाउँपालिका–३ पाखरीगोर ढुङगा बस्ने अन्दाजी ३०।३२ वर्षका तुलसी प्रसाद शर्मा बेपत्ता भएका थिए । उनिहरु वेपत्ता भएको खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्ने क्रममा घटनास्थल देखी ३०० मिटर तल तुलसी प्रसाद शर्माको शव फेला परेको र अर्का बेपत्ता भएका झलक प्रसाद शर्माको जिल्ला स्याङ्जा आधिँखोला गाउँपालिका–४ सेपतमा शव फेला परेको प्रहरीले जनाएको छ । त्यसै गरि पर्वत जिल्लाकै महाशिला गाउँपालिका ठाडापाखा स्थितमा माथिबाट आएको पहिरोले घर गोठ बगाउँदा सोहि स्थान बस्ने रुक्मागत अधिकारीको २ तले कच्ची धन्सार (गोठ) बगाँउदा उक्त धन्सारमा रहेका १३ वटा बाख्रा, १ वटा भैँसी, १ वटा पाडो बगाई मृत्यु भएको र सोहि स्थान बस्ने केशव प्रसाद अधिकारी क्षेत्रीको २ तले कच्ची घर र गोठ बगाई पुर्ण रुपमा क्षति भएको समेत गण्डकी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्ष रेग्मीले जानकारी दिए ।
यता तनहूँ जिल्लाको ऋषिङ गाउँपालिका १ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावर को सुरुङ मार्ग भन्दा बाहिर काम गरी रहेको अवस्थामा अबिरल वर्षाका कारण माथिबाट ढुङगा खस्न जाँदा तनहुँ ऋषिङ गाउँपालिका–१ मालिङगा बस्ने ५० वर्षका कृष्ण बहादुर पुलामीको मृत्यु भएको प्रहरीले जनाएको छ अर्का एकजना लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–२ बस्ने बर्ष ५१ को समलाल श्रेष्ठघाईते भभएका र उनको जिल्ला अस्पताल दमौली मा उपचार भईरहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुको खाजी तथा उद्धारको काम भईरहेको प्रहरीले जनाएको छ
पोखरामा अविरल वर्षको कारण सेती नदि थुनिदा रामघाट ताल वनेको छ । रामघाट क्षेत्रका वान्दिाहरुलाई अन्यत्र सारिएको छ । फेवातलको सतह निक्कै वढेको छ भने पोखरा महानगरपालिका वडा नं १३ स्थित कमलपोखरी क्षेत्र पनि तालमय वनेको छ । यसै विच जिल्ला प्रशासन कार्यालय कास्कीले २२ गते शनिवार एक सूचना प्रकाशित गरि अझै केही दिन वर्षको संभावना रहेकाले सुरक्षीत साथ वस्न र सावधानी अपनाउन भनेको छ । नदि तटिय क्षेत्रमा वस्ने पहिरोको जोखिम भनेर परिभाषित गरिएका भिरालो जमिन भएको ठाँउमा वसोवास गर्ने मानिसहरुलाई संभावित जोखिमवाट वच्न सुरक्षीत स्थान तर्फ गई वसोवास गर्न सूतिच गरेको छ । साथै कास्की प्रशासनले कास्की जिल्लाका कुनै पनि ठाँउमा विपद जन्य घट्ना घट्न गएका सम्वन्धित स्थानिय तह, जनप्रतिनिधि, प्रहरी ईकाई तथा स्थानिय प्रशासनमा जनकारी गराई विपदजन्य घट्नाको सत्यतथ्य सूचना मार्फत सहयोग पु¥याउन सवैमा अनुरोध गरेको छ ।