पोखरा आषाढ २२,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको १० औ राष्ट्रिय महाधिवेसन शुक्रवार सम्पन्न भएको छ । आषाढ १६ गते देखि सुरु भएको महाधिवेसन २० गते सम्पन्न गर्ने भनिएपनि एक दिन लम्विएर २१ गते शुक्रवार सम्पन्न भएको हो । महाधिवेसनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूषाललाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसै गरि ९३ सदस्यीय केन्द्रिय समिति पनि चयन गरेको छ । २ सय ९९ सदस्यीय केन्द्रिय कमिटी चुन्न भने महाधिवेसन सफल भएन । महाधिवेसन हलले वाँकी केन्द्रिय कमिटी १० लिन भित्र चयन गर्न विगतको सचिवालयलाई अधिकार प्रदान गरेको अध्यक्ष मण्डलका संयोजक झलनाथ खनालले जानकारी गराएका छन् । निर्वाचित भएका अधिकाशं सदस्यहरु विगतमा स्थायी कमिटी र पोलिटव्यूरो सदस्य रहेकाहरु छन् । सचिवाल पनि विगतकै सचिवालयले छफलफल गरेर टुङ्ग्याउने वताईएको छ । विहिवार अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत भएको घोषणा अध्यक्ष मण्डलका संयोजक खनालले गरेका थिए । सोही अवसरमा सर्व सम्मतीका लागि विहिवार रातभरीको समय आफुहरुलाई दिन र प्रदेशहरुले सर्व सम्मत रुपमा प्रदेशवाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम दिन अनुरोध गरिएको भएपनि आकाक्षी धेरै भएका कारण प्रदेशहरुले सर्वसम्मत नाम दिन नसकेपछि अध्यक्ष मण्डलले विगतमा केन्द्रिय समिति र पोलिटव्यूरोमा रहेकाहरुवाट ९३ जनाको केन्द्रिय कमिटी घोषणा गरि महाधिवेसनको अन्त्य गरिएको थियो । ९३ जनाको केन्द्रिय कमिटीमा विगतको स्थायी समिति र पोलिटव्यूरोमा रहेको भएपनि स्वेच्छाले छाडेका र महाधिवेसनमा सहभागि नभएका नेताहरुलाई राखिएको छैन ।
गण्डकीवाट विगतमा स्थायी कमिटीमा रहेका तुल वहादुर गुरुङ मात्रै केन्द्रिय कमिटीमा समेटिएका छन् । स्थायी कमिटी सदस्यहरु कास्कीका शारदा प्रसाद सुवेदी र वाग्लुङका रामजी प्रसाद शर्मा महाधिवेसनमै नगएको र स्वेच्छाले छाडेकाले उनिहरु हालको केन्द्रिय कमिटीमा समेटिएनन् । पोलिट व्यूरो सदस्य श्रीनाथ वराल र दिल कुमारी पन्त पनि केन्द्रिय कमिटीमा परेका छन् । सचिवमा चुनाव लड्ने योजना वनाएका पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य भने विगतमा पोलिटव्यूरोको सदस्य नभएका कारण ९३ जनामा अटाउन सकेनन् । त्यसै गरि गण्डकी प्रदेशका कार्यवहाक सचिव कृष्ण नेपाली, उप सचिव मोति पौडेल र शर्मिला पौडेल पनि ९३ जनामा अट्न सकेनन् । केन्द्रिय समितिमा गण्डकी प्रदेशवाट खुल्ला सदयमा ८ जना, महिलामा ४ जना,२० वर्ष देखि ४५ वर्ष उमेर समूहमा २ जना पुरुष र १ जना महिलाको प्रतिनिधित्व हुने छ । १५ जनाका लागि गण्डकी प्रदेशवाट मात्रै करिव ३० जना आकाक्षी देखिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।