पोखरा, पौष २४
आदर्श बचत तथा ऋण सहकारी संस्था लि.पोखरा १३ आर्वाले संस्था स्थापनाको १६औ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाले शनिबार आफ्ना शेयर सदस्यहरुका लागि सहकारी प्रशिक्षण तथा रमाइलो वनभोज’ कार्यक्रम आयोजना गरेको थियो ।
मादी गाउँ पालिका,वडानं ५ सुनपँदेलीमा आयोजना गरिएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बराल,सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद बराल,सहकारीका ऋण परिचालन उप समिति संयोजक यज्ञ प्रसाद बराल तथा शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका विविध पक्ष बारे सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद बरालले आदर्श बचत तथा ऋण सहकारी संस्था लि को स्थापना देखि हालसम्मका गतिविधि बारे प्रकाश पार्दै सहकारी स्थापना गर्दाको अवस्था र अहिले सहकारीले गरिरहेको प्रगति प्रति खुशी ब्यक्त गरे । सस्थापक अध्यक्ष बरालले आदर्श सहकारी आज सयौं शेयर सदस्यहरुको आशा र भरोसाको केन्द्र बनेको उल्लेख वताउदै कारोवार गर्दा नियमितता ,अनुशासन र ईमान्दारीता अनि सहकारीको नियमलाई कुशलतापूर्वक कार्यान्वयन गरेमा जोखिमबाट मुक्त हुने वरालले वताएका थिए ।
प्रशिक्षण कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद बरालले सहकारीमा कुनै प्रकारको जोखिम नरहेको बताए । अध्यक्ष बरालले अनावश्यक खर्च गर्ने तडक भडक देखाउने, फजुल खर्च नगर्ने गर्दा सहकारी यो अवस्थामा आइइपुगेको वताए । उनले सदस्यहरुको एक एक पैसा सुरक्षित रहेको समेत वताए ।
सहकारीका ऋण परिचालन उप समितिका संयोजक यज्ञ प्रसाद बरालले सशकारीले ऋण प्रवाह गर्दा गलत ब्यत्तक्ति र अनुत्पादक क्षेत्रमा ऋृण परिचालन नगरेकै कारण सुरक्षित रहेको वताए । कार्यक्रममा स्थापना दिवस पारेर केक समेत काटिएको थियो भने सदस्यहरु बिच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले रमाईलो बनभोज लगायत विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।