पोखरा कार्तिक २९
५ दलीय गठवन्धनको तर्फवाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा १ का उमेद्धवार विश्व प्रकाश लामिछानेले स्व पुष्पलाल श्रेष्ठले देखाएको वाटो अनुसरण गर्न सकेको खण्डमा जनताका आर्थि सम्पन्ताका सपना पुरा हुने वताएका छन् । पोखरा महानगरपालिका वडा नं ७ मा घर दैलो गर्नुअगाडि उमेद्धवारहरुले पुष्पलाल पार्कमा गई नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए । घर दैलोका क्रममा उमेद्धवारहरु संग स्थानियले विकास निर्माण, वढ्दो महङ्गी नियन्त्रण, शिक्षा र स्वासथ्यमा भएको चर्को शुल्क र यस अगाडि जितेर गएकाहरुले वाँडेका आश्वासनहरु पुरा नभएका बिषय उठाएका थिए । जनताका जिज्ञासा मेटाउदै प्रतिनिधि सभा सदस्यका उमेद्धवार श्रीनाथ वरालले आफुहरु आश्वासन वाड्न नभई काम गरेर देखाउन आएको वताए । आफु जितेर गएपछि जनताले परिवर्तनको अनुभूति पाउने वरालले वताए । शिक्षा ,स्वास्थ्य लगायतका क्षेत्रमा जनताले चरम सास्ती भोगिरहेको वताउदै आफुहरु निर्वाचित भएर गएपछि ति विषयहरुमा आमूल परिवर्तन गरिने आश्वासन जनतालाई वरालले दिएका थिए । आफु जितेर गएपछि पनि जनताको साथ साथै रहने वताउदै वरालले आफु खोज्दा र भेट्दा नपाईने जनप्रतिनिधि नभई जसले पनि भेट्न सक्ने र आफ्ना समस्या जतिवेला पनि राख्न सक्ने जनप्रतिनिधि वन्ने वताए । त्यसै गरि प्रदेश सभा १ का उमेद्धवार विश्वप्रकाश लामिछानेले आफुहरुले जो वोल्न त्यो काम गर्ने भन्दै मतदाताहरुको आवश्यकता र चाहानालाई संवोधन हुने गरि काम गर्ने वताएका थिए । पोखरा ७ पुपष्लाल पाकएवाट सुरु भएको घर दैलो कार्याक्रम पोखरा ७ को मासवार, रत्नचोक, एयरपोर्ट, जनपृय मार्ग, मुस्ताङचोक लगायतका क्षेत्रमा भएको थियो । घर दैलोमा उमेद्धवारहरुलाई नेपाली काँग्रेसका नेता गुरु वराल, सोभियत वहादुर अधिकारी, वृन्दा राना, नेकपा एकिकृत समाजवादीका नेता तुल वहादुर गुरुङ, नेकपा माओवादी केन्द्रकी नेतृ दुर्ग विक लगायत नेता कार्यत्रर्ताहरुले साथ दिएका थिए ।