पोखरा पौष १७,
राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको बहु प्रतिक्षीत पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आज पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित एक भव्य समारोहका विच पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन गरेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल द्धघाटनसमारोहमा मानिसहरुको सहभागिता देख्दा सिङ्गै पोखरा पोखरा अन्तराष्ट्रिय विमानस्थल ओर्लेभै लाग्दथ्यो विमानस्थलमा मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो । राजनितीक दल र तिनका भातृ संस्था, उद्योगी व्यवसायी, शैक्षीक संस्था, नागरिक समाज, लगायत पोखराका सवै जसो संघसंस्था उद्धघाटन कार्यक्रमलाई भव्य वनाउन बिमानस्थल पुगेका थिए । राष्ट्रकै गौरव तथा पोखरा मात्रै नभएर समग्र गण्डकी प्रदेशकै सम्पत्तिको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रका जनतामा हर्षको सिमा छैन । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लीएको मानिसहरुको सहभागितालार्ई देखेर प्रधानमन्त्री प्रचण्ड लगायतका अतिथीहरुले पटक पटक जन सहभागिताको चर्चा गरेका थिए । विमानस्थलको निर्माण र सञ्चालन संगै अव यस क्षेत्रले अर्थिक संमृद्धि प्राप्त गर्नेमा यस क्षेत्रका जनताहरु आशावादी देखिएका छन् । पर्यटकीय गतिविधि वढ्ने, रोजगारीका आवसरहरु श्रीजना हुने, वैदेशिक व्यापार वढ्ने, वैदेशीक रोजगारीको क्षेत्र विस्तार हुने, यहाँ उत्पादन भएका वस्तुहरु विदेशमा सजिलै निरियात गर्न सकिने र त्यसवाट यस क्षेत्रको अर्थिक गतिविधिमा सुधार हुने आशा यस क्षेत्रका जनतामा रहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका हुन नदिन भएका षडयन्धका विरुद्धमा पोख्रेली जनताले गरेको ३ महिना लामो संघर्ष तथा काठमाण्डौ केन्द्रित आन्दोलन तथा पोख्रेलीहरुको ऐकेवद्धताले पोखरामा अन्तराष्ट्रिय विमानस्थल वनाउने निर्णय गरिएको थियो यो कुरालाई आजको दिनमा स्मरण गर्नेपर्ने हुन्छ । त्यससंगसंगै स्व. रविन्द्र अधिकारी जसले पोखरामा अन्तराष्ट्रिय विमानस्थल वनाउनुपर्दछ भनेर अहोरात्र खटेका थिए उनलाई पनि यो अवसरमा संझनुपर्दछ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण संगै यस क्षेत्रका पर्यटन व्यवसायीहरु तथा अन्य क्षेत्रका व्यवसायीहरु हौसिएका छन् ।
सन् २०२० को अन्त्य सम्ममा सक्ने गरि चिनीया कम्पनी सिए एमसीले संझौता गरेको भएपनि कोराना लगायतका अन्य कारण देखाउदै झण्डै २ वर्ष पछि मात्रै विमानस्थलको काम सम्पनन गरि नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धघाटन कार्यक्रमलाई भव्य वनाउन पोखरा महानगरपालिकाले स्थानिय व्यवस्थापनको जिम्वेवारी लिएको थियो । पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले विमानस्थल उद्धघाटन कार्यक्रमलाई व्यवस्थित र भव्य वनाउन पोखराको निजी क्षेत्र, जागरिक समाज, राजनितीक दल, सञ्चार जगत लगायतसंग छलफल गरेका थिए । छलफल कार्यक्रममा सर्व क्षेत्रका प्रतिनिधिहरुले विमानस्थल उद्धघाटन कार्यक्रलाई भव्य वनाउन आ आफ्नो ठाँउवाट कुनै कसर नराख्ने प्रतिवद्धता जनाएका थिए । उद्धघाटन समारोहमा सरिक हुनका लागि पोखराको अमरसिंह चौरमा जम्मा भएर वाजागाजा र झाँकी सहित पोखरेली जनताहरु पोखरा अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्धघाटन पछि सहभागिहरुलाई संवोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ आफुले विगत देखिनै चासो दिएको र चिनीया नेताहरुसंग कुराकानी गरेको प्रसंग सुनाउदै आफु लगायत सवैको सहयोगवाट विमानस्थल निर्माण भएको वताए । आजको समय कनेक्टिभिटीको हो भन्दै प्रधानमन्त्रीले पोखरा अन्तराष्ट्रिय विमानस्थलले वैदेशिक कनेक्टिभिटीमा महत्वपूर्ण काम गर्ने वताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण संगै अव यस क्षेत्रको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्रीले वताए । आफु प्रधानमन्त्री भएपनि गण्डकी प्रदेशको जनप्रतिनिधि समेत भएको हुनाले गण्डकी प्रदेशको विकासमा जिम्वेवारी वढि हुने भन्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रको विकासमा विषेश ध्यान रहने वताए । पोखरा सहित नेपालमा ३ वटा अन्तराष्ट्रिय विमानस्थल वनेको वताउदै निजगढ विमानस्थलको काम पनि छिट्टै सुरु गरिने वताए ।
अव धेरै कुरा भन्दा धेरै काम गर्दै जनतालाई सेवा गर्र्नेे वताउदै वर्तमान सरकार जनतालाई सुशासनको प्रत्याभूती दिदै भ्रष्टाचारको अन्त्य गर्ने र मुलुकलाई विकास र संमृद्धिको यात्रामा लैजाने लक्षमा केन्द्रित रहने वताए ।
कार्यक्रममा उप प्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले मुलुकमा व्याप्त रहेको कमिशन तन्त्रको डंगुरलाई सफा गर्दै राजनितीक स्थिरता, सुशासन, भ्रष्ट्राचार नियन्त्रण र बिकास तथा संमृद्धि सरकारको मुख्य एजेण्डा रहेको वताए । पोखरावाट पूर्ण क्षमातामा अन्तराष्ट्रिय उडानको व्यवस्था मिलाउन नागरिक उड्यन प्रधिकरणलाई निर्देशन दिदै उप प्रधानमन्त्री पौडेलले यसका लागि सरकार सहयोग गर्न तयार रहेको वताए । मुलुककको अर्थतन्त्र समस्यामा रहेको वताउदै तर कावु वाहिर नरहेको वताउदै छिट्टैनै नेपालको अर्थतन्त्र लयमा फकर्ने वताए । कार्यक्रममा गण्डकी प्देशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तराष्ट्रिय विमानस्थल निर्मा भएपछि अव अन्तराष्ट्रिय उडान तुरुन्तै हुनु पर्ने वताउदै भोली देखिनै पोखरावाट मानिसहरु दक्षीण एसिया र दक्षीण पूर्वी एसियाका देशहरुमा जान पउनु पर्ने र त्यसको पहल गरिदिन प्रधानमन्त्री संग आग्रह गरे । गण्डकी प्रदेशको जन प्रतिनिधि भएको हुनाले प्रधानमन्त्रीले यो क्षेत्रको विकामा ध्यान दिन आग्रह गर्दै प्रदेशको लाईफ लाईनका रुपमा रहेका कतिपय राजमार्गहरु बजेट भन्दा पनि अन्य कतिपय प्राबिधिक कारणले रोकिएको भन्दै त्यसलाई समाधन गरिदिन आग्रह गरे । पोखरा महानगरपालिकको विषेश पहलमा विमानस्तल निर्धारित समयमानै उद्धघाटनको अवस्थामा पुगेको र महानगरपालिकाकै प्रयासमा यति ठूलो जनशागर उद्धघाटन कार्यक्रममा आएको मुख्यमन्त्रीले वताए । कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले ४७ वर्ष अगाडि देखिको पोखरा वासीको विमानस्थल देख्ने चाहाना पुरा भएको वताए । विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएको वताउदै प्रमुख आचार्यले रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल्ड साईडमा फोहर फाल्ने कामको व्यवस्थापन छोटो समयमा गरिएकोले २०२३ को जनवरीमा १ तारिखमै विमानस्थल उद्धघाटन गर्ने नि. वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीको प्रयास पोखरा महानगरपालिकको प्रयासले सपल भएको वताए । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा पूर्व प्रशासक शंकरराज पाठक लगायत अन्य धेरै प्रशासकहरुको योगदान रहेको वताउदै पूर्व पर्यटन मन्त्री स्व. रविन्द्र अधिकारीको योगदानको प्रमुख आचार्यले स्मरण गरेका थिए ।
कार्यक्रममा आईकाओका एसिय प्रशान्त क्षेत्रका रिजनल डाईरेक्टर ताओमा, चिनीया राजदूतावासका कार्यवाहक राजदूत वाङ सिन लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नागरिक उड्यन प्रधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वागत गर्दै विमानस्थल निर्माणको चरण देखि सम्पन्न भएसम्मको अवस्था तथा विमानस्थलको वरेमा प्रकाश पारेका थिए । कार्यक्रममा विमानस्थल निर्माणमा विभिन्न क्षेवाट योगदान गर्ने पूर्व पर्यटन मन्त्रीहरु पृथ्वी सुव्वा गुरुङ,योगेश भट्टराई स्व. रविन्द्र अधिकारी , जिवन वहादुर शाही, प्रम वहादुर आले, भिम आचार्य, किर्पाशुर शेर्पा, आनन्द पोखरेल, चिनीका कार्यवाहक राजदूत वाङसिन लगायत चिनीया अधिकारीहरु, पूर्व प्रशासक शंकरराज पाठक , इ. विनेश मुनाकर्मी लगायतलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनिहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।