पोखरा, जेष्ठ ५,
लोक भजन संग्रह “आर्वा गाउँको चिनारी “ बजारमा ल्याईएको छ । आर्वा अमलाचौरका युवा गायक सुरेन्द्रराज बरालको प्रस्तुतीमा बजारमा आएको सो संग्रहमा सुरेन्द्रराज बराल, कृष्ण प्रसाद गौतम, अञ्जु रसाइली र मनु अधिकारीले स्वर भरेका छन् । लेखन संकलन रचना तथा निर्माण सुरेन्द्रराज बरालले गरेको संग्रहको निर्देशन कृष्ण प्रसाद गौतमले र छायांकन राधाकृष्ण बरालले गरेका हुन् । युटुव मार्फत सार्वजनिक गरिएको सो संग्रहले आर्वाका धार्मिक देवी देवल मठ मन्दिर को परिचय गराउनुको साथै लोक भजन मार्फत समग्र आर्वा गाउँको परिचय राम्रै संग गरेको पत्रकार श्रीराम सिग्देलले वताए ।
आर्वा पोखरा देखि कसरी पुग्ने, आर्वा पुगेपछि त्यहाँका पर्यटकीय तथा धार्मिक मठ मन्दिर कहाँ कहाँ छन् अनि तिनको महत्व के के छन् लगायतका बिषय संग्रहमा समेटिएको छ ।
बिशेषगरी आर्वाका अमलाचौर गहतेडाँडामा नवनिर्मित दक्षिणकाली मन्दिर, मणीदिपमा रहेको महाकाली , शिव मन्दिर, मोहरपानी आदर्श टोलमा रहेका राम मन्दिर तथा माईको थान मन्दिर, ठाँटीमा रहेको लक्ष्मीनारायण मन्दिर, छापाको चौतारामा रहेको शिव मन्दिर, कुईथोकमा रहेको अर्धनारेशवर मन्दिर, आहाँडी मा रहेको नवदुर्गा मन्दीर संगै वायुका राजा रतनपाण्डे मन्दिर सहित आर्वाकै प्रसिद्ध स्थल महा प्रभु धाम लगयतको वर्णन लोक भजन संग्रहमा गरिएको छ । भजन मार्फत यि मन्दिरहरु तथा स्थलहरुको ऐतिहासिक धार्मिक तथा पौराणिक महत्व दर्शाउन खोजिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।