पोखरा ।
नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको आस्था हेरेर नभई आवश्यकता हेरेर विकास गर्ने बताएका छन् । पोखराको ड्याम साइडमा क्षेत्र नंवर २ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै
वरालले जनताले कता भोट हाल्छन् भनेर नहेरीकन सबैको भावनाको कदर गर्दै विकास गर्ने प्रतिनिधि चाहिएको भन्दै आफु त्यस्तो प्रतिनिधि बन्ने बताए । आफू पाँच दलीय गठबन्धन र जनताको उम्मेदवार भएकाले जनभावनालाई केन्द्रमा राख्ने उनले वताए । स्थानिय स्तरमा जनताको अवश्यकता हेरेर बिकास निर्माणमा लाग्ने प्रतिवद्धता वरालले जनाएका थिए ।
उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको समृद्धिको सपना पुरा गर्न आफूहरु मैदानमा आएको बताए । उनले आफू प्रदेश सांसद भइसकेपछि बिचैमा अर्को अवसर आएमा जनताको ऐजण्डालाई बीचबाटोमा अलपत्र पारेर नहिड्ने समेत प्रतिवद्धता जनाए ।
उक्त अवसरमा नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ, नेकपा एकीकृत समाजवादीका केन्द्र सदस्य एवंं समानुतिक उम्मेदवार रत्ना गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेल, नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, पाँच दलीय गठबन्धनका कास्की नेताहरु शिव आचार्य, रुद्ध गौतम, प्रविण पौडेल, डिआर भट्टराई र दिनेश आचार्य लगायतले गठवन्धनका उमेद्धवारहरुलार्ई जिताउन अनुरोध गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।