आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो वनाउनेलाई निर्वाचन आयोगले पुस्कृत गर्ने भएको छ । निर्वाचन आयोगले एक बिज्ञप्ती मार्फत यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमा तष्पतयप२भअल।नयख।लउ मा भिडियो पठाउन आव्हान गरेको छ । प्राप्त भिडियो मध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिने आयोगले जनाएको छ । भिडियो वनाउन आयोगले केही शर्तहरु पनि अगाडि सारेको छ ।
भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्ने ,संवादमूलक, सन्देशमूलक हुनु पर्ने र आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेआयोगले जनाएको छ । भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्ने लगायतका शर्तहरु राखेको छ ।