पोखरा कार्तिक २७,
आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकीदै गर्दा कास्की जिल्लाका दलित संघ संगठनका अगुवाहरुले दलीत समूदायको पक्षमा काम गर्ने उमेद्धवारहरुलाई मत दिन मतदाताहरुलाई आव्हान गरेका छन् । आईतवार पोखरामा नेपाली काँग्रेस निकट नेपाल दलित संघ कास्की, नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा कास्की, नेकपा एकिकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठन कास्की, राष्ट्रिय जनमोर्चा निकट जातिय समाता समाज कास्की र नेपाल समाजवादी पार्टि निकट समाजवादी मुक्ति संगठनको संयुक्त आयोजनामा भएको प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेद्धवार बिच भएको छलफल कार्यक्रममा सहभागिहरुले यो निर्वाचनमा दलीत समूदायको पक्षमा साँचो प्रतिवद्धता गर्ने उमेद्धवारहरुलाई मत दिने वताएका थिए ।
छलफल कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका सह महामन्त्री जिवन परियारले उत्पिडित समूदायको हक अधिकार सुनिस्चित गर्ने काम गठवन्धनका उमेद्धवारवाट मात्रै हुने वताए । उनिहरुको अधिकारका लागि एक विद्यालय एक दलित शिक्षकको अवधारण आफुले ल्याएको वताउदै गठवन्धनका उमेद्धवारलाई जिताएमा उक्त कुरा कार्यान्वयन गरिने वताए । गठवन्धनले जितेमा ३ वर्ष भन्दा कम उमेरका वालवालिका र ७० वर्ष भन्दा माथिका दलित समूदायको संपूर्ण स्वास्थ्य उपचार निशुल्क गर्ने पनि परियारले वताएका थिए । सो अवसरमा माअ‍ेवादी नेतृ दुर्गा विकले प्रत्यक्ष र समानूपातिक तर्फका उमेद्धवारहरुलाई मत दिन सिकाउदै गठवन्धनका उमेद्धवारवाट मात्रै विकास , संमृद्धि तथा दलित समूदायको पक्षमा काम हुने वताईन् । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य चुडामणी जंगलीले प्रतिगमनका विरुद्ध एक जुट भएको गठवन्धनले नै पिछडिएको वर्ग तथा उत्पिडित समूदायको पक्षमा काम गर्ने भएकाले अरुको कुरा नसुनिकन गठवन्धनका उमेद्धवारहरुलाई मत दिन आग्रह गरेका थिए ।
सो अवसरमा कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार श्रीनाथ वरालले नेपालको दलित समुदायले हरेक परिवर्तको आन्दोलनमा साथ दिएको स्मरण गर्दे आफु निर्वाचित भएर गएपछि उत्पििडीत समूदयायको समस्या समाधानमा केन्द्रित हुने वताए । प्रदेश सभा १ का उमेद्धवार विश्वप्रकाश लामिछानेले वर्षौंदेखि दलित अवस्थामा रहेको उत्पीडित वर्गको अधिकारलाई आफुहरुले लिपिबद्ध गरेको र अहिले फेरी ती अधिकार जोगाउने र अधिकार खोस्नको लागि संविधान मिच्ने र संसद विघटन गर्नेबीचको लडाईं भएको वताउदै गठवन्धनले उत्पििडित वर्गको अधिकार जोगाउने वताउदै गठवन्धनलाई मत दिन आग्रह गरे । प्रदेश सभा २ का उमेद्धवार विन्दु कुमार थापाले गठवन्धनका उमेद्धवारले जितेमा उत्पिडित समुदायका हक अधिार सुरक्षीत हुने वताउदै आफुले उनिहरुको पक्षमा काम गर्ने वताए ।
नेपाल दलित संघ कास्कीका अध्यक्ष पे्रम परियारको अध्यक्षतामा भएको कार्याक्रमको सञ्चालन नेपाल दलित मुक्ति संगठन कास्कीका अध्यक्ष लाल वहादुर घताने,र स्वागत दलित मुक्ति मोर्चा कास्कीका अध्यक्ष भिम नेपालीले गरेका थिए । कार्यक्रममा करिव ३०० जनाको सहभागिता रहेको नेपाल दलित मुक्ति संगठन कास्कीका अध्यक्ष लाल वहादुर घतानेले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।