पोखरा पौष २६,
नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष एवं उद्योगपति माइकल कर्माचार्यलाई मातृशोक परेको छ । उहाँकी आमा लक्ष्मी सुन्दरी कर्माचार्यको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा ७० बर्षको उमेरमा मंगलबार साँझ निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित भएपनि पछिल्लो समयमा भने हृदयघातका कारण कर्माचार्यको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । स्व कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य, एक छोरा माइकल कर्माचार्य, छोरीहरु रेखा र नितु कर्माचार्य छन् भने दुई नाति र तिन नातिनी छन् ।
स्व. लक्ष्मी सुन्दरी कर्माचार्यका पति चन्द्रकृष्ण कर्माचार्य पोखराका प्रतिष्ठित उद्योगपति हुन् । पोख्रेली औद्योगिक घराना कर्माचार्य ग्रुपका अध्यक्ष रहेका कर्माचार्य लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रिय सदस्य हुन् । कर्माचार्य हाल नेपाल लोकतान्त्रिक उद्योग व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका छन् । स्व. कर्माचार्यको पार्थिव शरीर बिहिबार नेपाल ल्याइने र शुक्रबार बिहान रामघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ । यसै विच नेपाली काँग्रेस कास्कीले स्व कर्माचार्यको निधन प्रति गहिरो दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालले एक शोक बक्तव्य जारी गर्दै दुख ब्यक्त गरेका हुन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।