पोखरा पौष २३,
चिन सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल २०२३ जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षको अवसरमा भव्य उद्धघाटन भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलको उद्धघाटन गरेका थिए भने उद्धघाटन समारोहमा मानव शागरनैउर्लेको थियो । उद्धघाटनको दिनको भव्यता, पोखरा विमानस्थल भित्रको साज सज्जा सहितको आकर्षण, विमानस्थल भित्रको क्षेत्रफल तथा अन्तराष्ट्रिय विमानस्थललाई चाहिने आवश्यक पूर्वाधारलगायतको दृष्टिकोणवाट हेर्ने हो भने पोखरा अन्तराष्ट्रिय विमानस्थल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पछिको पूर्वाधार सम्पन्न विमानस्थल वनेको छ । २२ अर्व लागतमा निर्माण सम्पन्न भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल विमानस्थल निर्माणमा चिनिया सिएएमसि कम्पनीले चिनिया एक्जिम वैकवाट लोन लिएर निर्माण सम्पन्न गरेको हो । चिन सरकारले वैकसंग ऋणको चाँजोपाजो मिलाएईदिएको हो । २० अर्व रुपयाँमा निर्माण सम्पन्न गरिसक्ने र सन् २०२० को अन्त्य सम्म निर्माण सम्पन्न गरिसक्ने संझौतामा उल्लेख गरिएको भएपनि विमानस्थल २ वर्ष ढिला गरि सम्पन्न भएको छ भने लागत पनि २ अर्व वढि थपिएको छ । २२ अर्व मध्ेयको २५ प्रतिशत चिन सरकारको अनुदान हो भने ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्नुपर्ने ऋण हो । अर्थात साढे ५ अर्व अनुदान हो भने साढे १६ अर्व रुपयाँ नेपाल सरकारले चिनिया एक्जिम वैकलाई भुक्तानी गर्नुपर्ने ऋण हो । त्यसैले पोखरा अन्तराष्ट्रिय विमानस्थल त वन्यो तर विमानस्थल ऋणमा वनेको हो त्यो ऋणको केही प्रतिशत तपाई हाम्रो टाउकोमा पनि आउछ भन्ने कुरा विर्सनु हँदैन । त्यसैले विमानस्थल उद्धघाटन कार्यक्रमका अवसरमा चिनिया अधिकारीहरुलाई साँची राखेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ७५ प्रतिशत ऋणलाई पनि अनुदानमै परिणत गरिदिन आग्रह गरेका थिए । मुख्यमन्त्रीको त्यो भाषणको बहुतै ठूलो र दिर्घकालिन महत्वको रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।