पोखरा मंसीर २८,
गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङले मनाङ स्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको एग्रो मनाङ प्रालिले सार्वजनिक जग्गामा एग्रो सञ्चालन गरेको आरोप लगाएका छन् । पोखरामा आज पत्रकार सम्मेलन गरेर मनाङ जिल्लाका पूर्व सांसद तथा एमाले नेताले सञ्चालन गरेको उक्त एग्रोले कानून विपरित ८२५ रोपनी भन्दा वढि जग्गा प्रयोग गरेको गुरुङले वताए । उनले सार्वजनिक जग्गा मिचेर एउटै व्यक्तिले हालीमुहाली गर्दा समेत राज्यका निकायहरु मुकदर्शक वनेको भन्दै आफु उक्त गैर कानूनी कार्य रोक्ने र कानूनी रुपले अगाडि वढ्ने हिसावले तथ्य र प्रमाण संकलनमा लागेको वताए । । उक्त एग्रो फर्म पूर्व सांसद पोल्देन छोपाङको हो । २०७० साल ज्येष्ठ २३ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेको कम्पनीको उक्त विवादित जग्गा ७ गाविसको नाममा मालपोत कार्यालयमा दर्ता भएको देखिएपनि डिस्याङ गाँउपालिका भित्र पर्ने वताए । उक्त जग्गाको स्वामित्वनै को संग छ भन्नेमा मालपोत कार्यालयनै अनिर्णित रहेको अवस्थामा यस्तो जग्गामा एग्रो मनाङ प्रालिले केको आधारले व्यवसाय सञ्चालन गरेको छ भनेर गुरुङले प्रश्न गरे । ७ गाँउका मानसिहरु काठमाण्डौमा वसेर मनाङ सेवा समितिलाई उक्त जग्गा लिजमा दिने निर्णय गरेको देखिएको र त्यो कामनै अवैधानिक भएको र सहिछाप गरेर लिजमा दिने ब्यक्तिहरुनै अख्तियारवाला व्यक्ति नभएको गुरुङले वताए ।
आफु कार्तिक १७ गते गण्डकी प्रदेश निती तथा योजना आयोगको कार्यक्रममा भाग लिन मनाङ सदरमुकाम चामे पुगेको वेला आफ्नो क्षेत्रका मतदाताले आफुहरुलाई विजुलीको ठूलो समस्या भएको र एग्रो मनाङका सञ्चालकले विजुलीको पोल गाड्न नदिएको गुनासो गरेपछि त्यहाँ निरक्षणका क्रममा जाँदा सिङगो वन फडानी भएको , अवैध रुपले ४ हजार भन्दा वढि रुखहरु काटिएका , काटिएका काठहरु अव्यवस्थित तरिकाले राखिएका, वन जंगल विनासका कारण पहिरो समेत गएको र त्यहाँको अवस्था अत्यन्तै अस्तव्यत देखेको कारण उक्त अनियमितताको प्रमाण संकलन गर्न आफु काठमाण्डौ तर्फ लागेको गुरुङले वताए । आफुलाई उक्त कुराको प्रमाण जुटाउन २४ दिन लागेको समेत गुरुङले वताए । करिव ४ हजार रुखहरु अवैधानिक तवरले काटिका छन् निक्कै ठूला र पुराना रुखहरु समेत काटिकाले ठूलो रकमको काठ कानून विपरित कटानी भएको र ठूलो रकमको चलखेल भएको समेत गुरुङले वताए । अवैध रुपले वन फडानी हँुदा समेत जिम्वेवार निकाय मौन वस्नु लज्जाको विषय भएको गुरुङले वताए । उक्त अवैधानीक प्रजेक्टले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल बिस्तार जस्ता धेरै शीर्षकबाट केन्द्र देखि, प्रदेश हुँदै स्थानीय तहबाट करोडौं रुपैयाँ अनुदान लिइसकेको हुनाले अनुदानदाता निकायबाट पनि गम्भीर त्रुटि भएको गुरुङले वताए । गण्डकी प्रदेशको कृषि समितिको वैठकमा आफुले अव आईन्दा उक्त एग्रोको लागि कुनै पनि अनुदान नदिन र दिएमा दिनेहरु सोझै जेल जान सक्ने भनेर भनेको पनि पत्रकारहरुलाई वताए ।
अवैध तरिकाले फर्म सञ्चालन गर्ने, रुख फडानी गर्ने मात्रै हैन उक्त समूहले पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखाना पनि खोलेको, विद्यालय आसपासको ३८ रोपनी जग्गामा रहेका रुखहरु समेत काटेको र विद्यालयको जग्गामा विना अनुमति कानून विपरित रजगज गरिरहेको गुरुङले वताए । आफुलाई यति धेरै कुराहरु थाहा हुदा हुँदै पनि मौन वस्नु जन प्रतिनिधिको हैसियतले उचित नलागेको कारण कानूनी उपचारमा जाने निर्णय गरेको वताउदै सम्वन्धित कार्यालयहरुलाई जानकारी गराएर आफुसंग भएका तथ्य र प्रमाण समेत समावेस गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको गुरुङले वताए । मनाङ एग्रोले अवैधानिक रुपमा गरेका कामहरुको वारेमा सत्य तथ्य वुझि वास्तविकता वाहिर ल्याईदिन पनि पत्रकारहरुलाई अनुरोध गरेका छन् । उक्त एग्रोले उक्त जग्गामा एग्रो सञ्चालन गरेवापत मनाङ सोवा समितिलाई वार्षिक रुपमा ५७ लाख रुपयाँ दिने गरेको र त्यसको ३० प्रतिशत मनाङ समाजले र वाँकी ७० प्रतिशत मनाङ मस्र्याङदी क्लवले लिने गरेको जानकारी पनि आफुले पाएको गुरुङले वताए ।
अर्को फरक प्रसंगमा गण्डकी प्रदेश सभा सदस्य गुरुङले नेकपा एकिकृत समाजवादी पार्टिको तर्फवाट मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री वनाउन आफुले सहि गरेर दिएकाले आफ्नो काम सकिएको अव आफ्नो पार्टिलार्य सरकारमा सहभागि गराउने काम मुख्यमन्त्रीको भएको वताए । ६ वटा प्रदेशहरुमा एकिकृत समाजवादीका नेताहरु मन्त्री वनेको वताउदै गण्डकीमा किन ढिला भएको हो भनेर काँग्रेस सभापति देउवालाई सोध्न समेत गुरुङले पत्रकारहरुलाई आग्रह गरे । आफुले मन्त्रीका लागि मरिहत्ते नगरेको वताउदै केन्द्रमा र सवै प्रदेशमा गठवन्धन भएपछि गण्डकीमा मात्रै किन समाजवादीलाई वाहिर राख्ने भन्ने विषय महत्वपूर्ण भएको वताए । वेला वेलामा पार्टि परित्याग गरिरहनुहुन्छ समाजवादी पार्टि पनि छोड्नु हुन्छ भन्ने पत्रकारको जवाफमा गुरुङले माधव नेपालले यो पार्टि छोडेमा आफुले पनि छोड्ने वताए । प्रदेश सरकारको काम उद्धघाट र भाषणमा देखिएको जसरी काम हुनुपर्ने थियो त्यो नभएको समेत गुरुङले वताए । समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष रुद्र वहादुर थापा, कार्यक्रमको सञ्चालन सचिव भिम थापा र प्रेस विज्ञप्ती गुरुङका स्वकीय सचिव सन्तोष अधिकारीले वाचन गरेका थिए ।