पोखरा फागुन १४,
राष्ट्रपतिमा नेपाली काँग्रेसका उमेद्धवारलाई मतदान गर्ने निर्णय गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टि, नागरिक उन्मुक्ति पार्टि र लोकतान्त्रिक समाजवादी पार्टिको ८ दलीय गठवन्धन वनेपछि नेकपा एमाले सहितको ७ दलीय गठवन्धन टुटेको छ । यसको औपचारिक घोषण हुन मात्रै वाँकी रहेको छ । शुक्रवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली काँग्रेसले उठाएको उमेद्धवारलार्ई समर्थन गर्ने प्रस्ताव गरेर नयाँ गठवन्धन वनेको उद्धघोष गरेपछि ७ दलीय गठवन्धनको औचित्य समाप्त भएको हो । ७ दलीय गठवन्धनमा रहेका जनता समाजवादी, जनमत पार्टि र नागरि उन्मुक्ति पार्टि समेत नया गठवन्धनमा सामेल भएका छन् ।
प्रधानमन्त्री दाहालकै प्रस्ताव बमोजिम ८ दलीय नयाँ गठवन्धन वनेपछि नेपाली राजनितीको कोर्ष २ महिना वित्दा नबित्दै परिवर्तन भएको छ । परिवर्तित अवस्थामा के गर्ने भन्ने विषयमा निर्णय लिन नेकपा एमालेको सचिवालय वैठक शनिवार विहान वसेको थियो सो वैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । उक्त वैठकले एमालेले पार्टिको तर्फवाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलार्ई राष्ट्रपतिको उमेद्धवार वनाउने निर्णय गरेको छ । एमालेले ८ दलीय गठवन्धन नवनेको वताउदै माओवादीले पौष १० गतेको सहमति अनुसारनै एमाले उमेद्धवारलार्ई मत दिने जिकीर गरेको छ । उसले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ । शुक्रवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पािर्टहरुको ८ दलीय गठवन्धन वनेको भएपनि एमालेले दाउपेचको राजनिती गर्दै गठवन्धन नवनेको जिकीर गर्दै राष्ट्रपतिको निर्वाचन सम्म केही गर्न सकिने हिसावले गठवन्धन नतोड्ने निर्णय गरेको वताईन्छ । एमालेले राष्ट्रपतिमा आफ्नो पार्टिको तर्फवाट उमेद्धवार वनेका सुवाचन्द्र नेम्वाङलाई मत दिन काँग्रेस वाहेकका सवै दललाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । एमाले संगै रहेको राप्रपाले भने सरकारलाई दिएको समर्थन फिर्ता लिदै केन्द्र देखि प्रदेश सम्म सरकारवाट वाहिरिने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।