पोखरा चैत्र १५,
यस वर्षको माद्यमिक शिक्षा परिक्षा एस ई ई विहिवार देखि सुरु भएको छ । मुलुकभरीका १०हजार ८ सय ६ विद्यालयका ५ लाख ४ हजार ४ सय १४ बिद्यार्थीहरु परिक्षामा सहभागि भएका छन् । २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र १५ जना यौनिक अल्पसंख्यक विद्यार्थीहरु परिक्षमा सहभागि भएको राष्ट्रिय परिक्षा वोर्डले जनाएको छ गत वर्षको परिक्षामा सैदान्तिक र प्रयोगात्मकमा गरि ३५ प्रतिशत अंक ल्याएमा पास हुने भएपनि यस वर्ष देखि सैदान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अंक नल्याउने विद्यार्थी अनुतिर्ण हुने व्यवस्था गरिएको छ । आज अंग्रजी विषयको परिक्षा हो । परिक्षा चैत्र २७ गते सम्म चल्ने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।