जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामवजारको संयुक्त प्रहरी टोलीले बृद्धवृद्धाका सुनका गर गहना चोरी गर्ने एकजना महिलालाई पक्राउ गरेको छ । पोखरा बजारको विभिन्न स्थानबाट बृद्धा महिलाहरूको घरमा परिवारको अन्य सदस्यहरू नभएको मौका पारी ललाई फकाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको विभिन्न किसिमको सुनका गहना र नगद रुपैयाँहरू अपरिचित महिलाले चोरी गर्ने गरेकी भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खर्टिको प्रहरीको विशेष अनुसन्धान टोलीले उक्त चोरी कार्यमा संलग्न पर्वत जिल्ला मोदी गाउँ पालिका वडा नं. ६ घर भई हाल पोखरा महा–नगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षकी टीका श्रेष्ठलाई पौष २८ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञान वहादुर खड्काले जानकारी दिए । निज श्रेष्ठले पोखरा महानगरपालिकका विभिन्न ठाँउवाट बिभिन्न ब्यक्तिका २७,०२,०५८।– अक्ष्रुपाी सत्त्ताईस लाख दुई हजार अन्ठाउन्न रुपयाँ वरावरको गर गहना चारी गरेको अनुसन्धनवाट खुलेको प्रहरी निरिक्षक खड्काले वताए । प्रहरीले चारी गर्ने महिलाको साथवाट चोरी भए मध्येको सुनको पोते सहितको तिलहरी १ थान, औँठी १ थान र कानमा लगाउने फुली १ जोर ,सुन जस्तो देखिने सिक्री, बाला, औँठी, मोबाईल लगायतको धातुको गहनाहरू र चोरी गर्दा लगाएको कपडाहरू वरामद गरेको जनाएको छ । निज महिलालाइ कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक खड्काले वताए । । साथै सोही प्रकृतिको चोरी घटनाबाट अन्य कोही मानिसहरू पीडित भएको भए जिल्ला प्रहरी कार्यालय कास्की को सम्पर्कमा आउन र यस किसिमको चोरी अपराध हुन नदिनको लागि आम सर्वसाधारणलाई सचेत हुन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।