पोखरा ,मंसीर ७,
आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस सम्पन गरेको छ । कार्यालयले शुक्रवार कर सप्ताहको सातौँ दिन समापन समारोहको आयोजना ग¥यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा पर्यटनको राजधानी भएकाले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले सक्दोे सहयोग गर्ने वताए पर्यटनको विकास र प्रवर्धनमा निजिक्षेत्रसँग सहकार्य गर्ने समेत पाण्डेले वताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने वताए । आर्थिक ऐन २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी व्यवसायीहरुलाई अनुरोध समेत गरे । छुट सुविधा सधै नआउने भएकले यहीँ फागुनभित्र उक्त छुट सुविधा लिन कार्यक्रमका अवसरमा शर्माले अनुरोध गरेका थिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रा.लीलाई सम्मान गरिएको थियो ।टेम्पल ट्रि रिसोर्ट प्रा.लीले आर्थिक वर्ष २०७९÷०८०मा मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रा.ली लाई सम्मान गरिएको छ । कर सप्ताह कार्यक्रम अन्तर्गत मध्यमस्तरीय कर कार्यालय, बबरमहल, काठमाडौँले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा द्धितिय हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ मा अध्यनरत छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ । यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ ।
“करप्रणालीकोसार, लगानीको आधार”भन्नेनाराका साथराष्ट्रिय करदिवस २०८ १मंसिर १ गते देखि ७गते सम्म विभिन्न कार्यक्रम गरीमनाइएको थियो । सप्तारहको पहिलो दिन मंसिर १ गते विहान ७ः३० बजे पोखरा सभागृह देखि सृजनाचोक हुँदै रत्न चोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभावत फेरि गरी राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । मंसिर २ गते पहिलो सेवाग्राही राधा खाजा घरका प्रोपाईटर यम बहादुर हमाललाई सम्मान गरिएको थियो । यसैगरी,मंसिर ३ गते चेम्बर अफ कमर्श पोखरा, मंसिर ४ गते लेखनाथ उद्योग वाणिज्य संघ र मंसिर ५ गत ेपोखरा उद्योग वाणिज्य संघमा आवद्ध भएका व्यवसायी, पदाधिकारी तथा सदस्यहरूका बीच कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । मंसिर ६ गते सहकारी संस्थाहरुका व्यवस्थापकहरु संग कार्यालयको सभाहलमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कर सप्तािहकै सन्दर्भमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरु बिच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कर कानून तथा कर छुट सम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ । कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐन, २०८१ ले दिएका छुट सुबिधाहरु तथा अन्य कर सम्बन्धि जानकारी मूलक सन्देश माइकिङ गरिएको, आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम सम्पन्न भएको समेत आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ
हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६ ,मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय ५४ अन्तःशुल्कमा ४ हजार छ सय १४ करदाता दर्ता भएका, १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका र इटिडिएस गर्ने प्रयोजनार्थ छ सय ६५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएको साथै आन्तरिक राजस्व कार्यालय पोखरामा कूल द्द लाख ५९ हजार ३० जना करदाता रहेका राजश्व कार्यालयले जनाएको छ