पोखरा भाद्र १४,
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका वडा नं २७ मा रहेको कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थ अघौ अर्चले साहित्यीक तिर्थस्थल वन्ने वताएका छन् । आज कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मस्थल अर्घौ अर्चलेमा निर्माण गरिएको पार्क तथा कबि शिरोमणी लेखनाथ पौड्यालको पूर्ण कदको शालिकको अनावरण गर्दै प्रमुख आचार्यले सो कुरा वताएका हुन् । सो ठाँउमा कवि लेखनाथ पौड्यालका कृतिहरुलाई डिजिटलाईज गरि वाचन गर्ने व्यवस्था मिलाईने र यहाँ आउने साहित्य प्रति रुची राख्नेहरुका लागि १ दिनको वसाई गर्न मिल्ने गरि व्यवस्थापन गरिने भन्दै महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानले १ वर्ष भित्र सो काम सम्पन्न गर्ने प्रमुख आचार्यले वताए । कवि लेखनाथ पौड्यालको जन्मस्थल नेपालकै साहित्यीक गन्तव्य वन्न सक्ने भएकाले यसलाई थप व्यवस्थित गर्नका लागि पूर्ण कदको शालिक वनाउन महानगरपालिकाले निती र कार्यक्रममा नै समावेस गरेर आर्थिक सहयोग गरिएको वताए । नेपाली सेनाको पश्चिम पृतना भित्र मुर्ति वनाउने कुशल मूतिकारहरु छन् भन्ने कुरा पश्चिम पृतनाका पृतनापति सन्तोष वल्लव पौडेलले वताएपछि पोखरा महानगरपालिकाले नेपाली सेनाको पश्चिम पृतना र लेखनाथ पौड्याल जन्स्थल विकास समिति संगको सहकार्यमा पूर्णकदको शालिक र पार्क वनाईएको प्रमुख आचार्यले वताए । कतिपयले मूर्ति वनाउदा वाघको मूर्ति वनाउदा विरालोको मूति वनने गरेका पनि छन् भन्दै कवि ज्युको मूर्ति जस्ताको तस्तै वनेको भन्दै मूर्तिकारलाई प्रमुख आचार्यले धन्यवाद दिएका थिए । महानगरपालिकाले कार्यविधि वनाएर पार्कको संरक्षण र थप विकासका लागि सहयोग गर्ने प्रमुख आचार्यले प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली सेना पश्चिम पृतनाका पृतनापति सन्तोष वल्लव पौड्याल, नेपाल संगित तथा नाट्य एकेडेमीका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ,पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङ, लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपिनाथ पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पोखरा महानगरपालिकको २१ लाख १४ हजार, पश्चिम पृतनाको करिव ३२ लाख १३ हजार श्रमदान र नगर ४ लाख ५० हजार गरि जम्मा ५७ लाख ७७ हजारको लागतमा कवि शिरोमणी लेखनाथ पौड्यालको पूर्ण कदको शालिक र पार्क निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी दिईएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।