पोखरा आषाढ २६,
पोखरा महानगरपालिका वडा नं ३३ को कालिकास्थान–पुँडीटारहुदै लामेआहाल सम्मको सडकको शिलान्यास गरिएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगतको कालिकास्थान–पुँडीटारहुदै लामेआहाल सम्मको सडक खण्डको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र विकास साझेदार संस्था विश्व बैंकका एनइयुजिआइपी परियोजना हेर्ने टास्क टिम लिडर आवेवाओले मंगलवार सयुँक्त रूपमा शिलान्यास गरे ।

सडकको शिलान्यास गर्दै नगरप्रमुख आचार्यले स्थानीय अवरोधका कारण बाटो नबन्ने अवस्थाको सृजना हुन नदिने प्रतिबद्धता जाहेर गरे । बाटो स्थानीय उपभोक्ताका लागि भएको र यो सडक पोखरा जोड्ने अर्को लाइफ लाइन पनि भएकाले यसको निर्माणका क्रममा आउन सक्ने कुनै पनि प्रकारका स्थानीय अवरोधहरू तत्काल समाधान गरिने प्रमुख आचार्यले वताए । सो अवसरमा स्थानयिहरुलार्ई सडक निर्माणका क्रममा सहयोग गरिदिन समेत प्रमुख आचार्यले अनुरोध गरेका थिए ।
सहरी विकास मन्त्रालयका सचिव गेलालले सडक निर्माण कार्य तोकिए कै समयमा सम्पन्न हुने विश्वास व्यक्त गेर । यो पोखरा महानगरपालिकाको परियोजना भएकाले दायित्व पनि महानगरकै हुने र आवश्यक परेका बखत मन्त्रालयले आवश्यक सहजिकरण गरिदिने गोललाले वताए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सडकको गुणस्तरीय निर्माणमा जोड दिए । विश्व बैंकका टास्क टिम लिडर आवेवाओले समय छोटो भएकाले तीव्र गतिमा काम अघि बढाउन अनुरोध गर्नुभयो । पोखरा महानगरपालिका वडा नं.३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडामा निर्माण हुन लागेको सडक निर्माण कार्यको निरन्तर निगरानी गरी आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उक्त सडक ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी आसिस निर्माण सेवा प्रा.ली भरतपुरसँग सम्झौता भएको महानगरपालिकाले जनाएको छ । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा निर्माण हुने सडकको सेक्सन एक र दुई गरी दुई वटा खण्डमा काम हुनेछ । सडकको पहिलो सेक्सनमा वडा नं.३३ को कार्यालय देखी उपल्लो पुँडीटारसम्म ९.६२७ कि.मी र दोस्रो सेक्सनमा पहिलो सेक्सनको जक्सनदेखी तल्लो गगनगौडाँ (पृथ्वीराज मार्ग) सम्म २.८१३ कि.मी सडक निर्माण हुने वतर्ईएको छ ।

परियोजना अन्तरगत करिब १२.४४ कि.मी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २÷२ मिटरको फुट ट्र्याक सौझोतामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।