पोखरा आषाढ २८,
वुधवार देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि कास्की जिल्लाका विभिन्न ठाँउमा गरि ११ जनाको मृत्यु भएको छ । त्यसै गरि दुई जना घाईते भएका छन् । विहिवार राती १२.२० वजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी स्थित कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको १ तले घर घर पछाडीबाट पहिरो आई पुरिदा कुल बहादुर परियार सहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । उक्त ठाँउमा पहिरो आर्ई घर पुरिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बल, नेपाली सेना समेतको उद्दार टोली उक्त ठाँउमा पुगेको थियो । उक्त पुरिएको घरमा खोज तथा उद्दार गर्दा पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने ४६ वर्षका कुल बहादुर परियार, उनकी ४३ वर्षकी श्रीमती मनकुमारी परियार , ८५वर्षकी आमा लक्षीमा परियार ,छोरी १५ वर्षकी प्रशना परियार , चितवन घर भई माईत आएकी विवाहाति छोरी २० वर्षकी प्रभा परियार, चितवन घर भएका कुल वहादुर परियारका ज्वाई २५ वर्षकी अस्मित परियारको मृत्यु भएको र पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ की राधिका परियारलाई घाईते अवस्थामा उद्धार गर्दा (घटनास्थलमा लडेर मृत्यु भएको शर्माले जानकारी दिए ।
सो घट्नामा घाईते भएका पोखरा म.न.पा.१९ तल्लाकोट टारी बस्ने ३१ वर्षका कुमार परियार र सोही ठाँउका १७ वर्षका पवन परियार पश्चिमाञ्चल क्षेत्रिय अस्पतामा उपचार पछि डिस्चार्ज भएको समेत शर्माले जानकारी दिए ।
त्यसै गरि शुक्रवार विहान २ः१५ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेमा आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची घर पछाडीबाट पहिरो आई पुरिएका भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरी टोली खटिई गइ खोज तथा उद्दार गरेको थियो । सो पहिरोमा परि पोखरा महानगरपालिका वडा नं. ३२ चैनपुर स्थित बाह्रबिसेकी आरती ओझाकी १८ वर्षकी छोरी अनिता ओझा ,अर्की छोरी ११ वर्षकी अनुष्का ओझा र उनको दाईको छोरा ९ वर्षका प्रतिक सुवेदीको मृत्यु भएको शर्माले जानकारी दिए । आरती ओझाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको र सवासथ्य अवस्था मद्यम भएको प्रहरीले जनाएको छ ।
सोही राती १ वजेको समयमा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेमा ८० वर्षकी माईती कुमारी गुरुङको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । माईती कुमारी गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथीबाट पहिरो आई परिएको थियो । उक्त घरमा २ जनाको परिवार बस्दै आएकोमा निज माईती कुमारी गुरुङ बेपत्ता भएकीमा प्रहरीले खोजतलास गर्दै जाँदा शुक्रवार विहान ७ः०० बजे मृत अवस्थामा फेला पारेको । र उनका छोरा ५५ वर्षका ओम ब. गुरुङलाई प्रहरी र स्थानियको सहयोगमा सकुशल उद्दार गरिएको कास्की प्रहरीका सूचना अधिकारी शर्माले जानकारी दिए ।