पोखरा मंसीर १२,
कास्की जिल्लाका प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा सत्ता गठवन्धनको तर्फवाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लगायतका दलहरु गठवन्धन गरेर चुनाव लडेका थिए । सत्ता गठवन्धनले नेकपा एमालेलाई चुनौती दिने अनुमान सवैले गरेका थिए । तर गण्डकी प्रदेशमै नेकपा एमालेको वलियो मानिएको कास्की जिल्लालाई गठवन्धनले हल्लाउन सकेन । कास्की जिल्लाको क्षेत्र नं २ अहिले गठवन्धनको वलियो क्षेत्रको रुपमा हेरिएको थियो । पोखरा महानगरपािलकका ११ वटा वडाहरु उक्त क्षेत्रमा पर्दछन् । नेकपा एकिकृत समाजवादीका धनराज आचार्य गठवन्धनको तर्फवाट पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उक्त क्षेत्रमा समाजवादीको मत वडि छ भन्ने अनुमानका आधारमा गठवन्धनवाट एकिकृत समाजवादीलाई टिकट दिईएको थियो । तर सोचेजस्तो परिणम आएन । नेकपा एमालेसंगको प्रतिष्प्रर्धामा सत्ता गठवन्धनका उमेद्धवार श्रीनाथ वराल दोस्रो समेत हुन सकेनन् । उक्त क्षेत्रमा एमालेकी विद्या भट्टराईले चुनाव जित्दा राष्ट्रिय स्वतन्त्र पार्टिका माधव प्रसाद कँडेल एमालेको प्रतिष्प्रर्धिको रुपमा देखिए । प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टिका उमेद्धवार नभएपछि प्रतिष्प्रर्धा नेकपा एमाले र सत्ता गठवन्धनका विच हुनु पर्नेमा प्रदेश सभाको क्षेत्र नं २ मा नेकपा एमालेको प्रतिष्प्रर्धा राप्रपा संग हुन पुग्यो । एमालेका भिम कार्कीले उक्त क्षेत्रमा जित्दा राप्रपाका विजय वहादुर भण्डारी एमालेको प्रतिष्प्रर्धि देखिए । प्रदेश सभाको २ मा भने नेपाली काँग्रेसका विन्दु कुमार थापाले चुनाव जितेका छन् । उनले गठवन्धनको वलमा भन्दा पनि ब्यक्तिगत प्रभावको कारण चुनाव जितेको देखिएको छ ।
क्षेत्र नं ३ को कुरा गर्नेहो भने उक्त क्षेत्रमा प्रतिनिधि सभा तर्फ नेकपा एमालेले जितेको छ दामोदर वैरागी पौडेल उक्त क्षेत्रवाट प्रतिनिधि सभा सदस्यमा चुनिएका छन् । सत्तारुढ गठवन्धनको तर्फवाट यो क्षेत्रमा चुनाव लडेका गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका रामजी वराललाई जनताले अस्वीकृत गरिदिएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेल ठूला भनिएका दलका उमेद्धवारको हाराहारीमा प्रतिष्प्रर्धी देखिए । उक्त क्षेत्रको प्रदेश सभा तर्फ भने १ मा नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित हँुदा नेकपा माओवादी केन्द्रका दुर्गादत्त पौडेल प्रतिष्प्रर्धि त वने तर निक्कै पडाडि रहे । उक्त क्षेत्रको २मा भने नेपाली काँग्रेसले जितेको छ । नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहेका पाहारीलाई सो क्षेत्रमा नेपाली काँग्रेसका प्रकाश वरालले पराजित गरे । उक्त क्षेत्रमा राप्रपाका हरिराम भण्डारी तेस्रो भए ।
कास्की क्षेत्र नं १ मा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा का सवै सिट जितेको छ । उक्त क्षेत्रमा गठवन्धन वलियो रहेको प्रचार गरिएको भएपनि अन्तत एमालेसंग कसैको केही पनि लागेन । नेकपा एमालेका युवा नेता तथा कास्कीका अध्यक्ष मनवहादुर गुरुङ प्रतिनिधि सभामा निर्वाचित वने उनले नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराललाई पारजित गरे । प्रदेश सभा तर्फका दुवै सिट एमालेले जित्यो प्रदेश सभाको १ तर्फ नेकपा एमालेका संगठन विभाग प्रमुख तथा एमालेको तर्फवाट गण्डकी प्रदेशमा मुख्यमन्त्रीको रुपमा हेरिएका खगराज अधिकारीले जितेका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रका दिपक कोईराला जो गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य हुन् उनलाई पराजित गरे । प्रदेश सभाको २ तर्फ नेकपा एमालेका वेद वहादुर गुरुङ निर्वाचित भए उनले नेपाली काँग्रेसका दिपक गुरुङलाई पराजित गरेका छन् । यसरी हेर्दा कास्की जिल्लामा नेकपा एमालेको प्रभाव वलियो देखिएको छ । नेकाप एमालेमा फुटको प्रभाव त्यति धेरै नपरेको देखिएको छ । ५ दलिय सत्तारुढ गठवन्धन एकातिर, एमाले अर्कोतिर हुँदा पनि एमालेले प्रतिनिधि सभाका ३ मध्ये ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटा क्षेत्र मध्ये ४ वटा जितेर कास्की जिल्लालाई एमालेको वलियो किल्लाको रुपमा राख्न सफल भएको देखिएको छ ।
५ दलिय सत्तारुढ गठवन्धनले कास्की जिल्लामा नराम्रो क्षति व्यहोरेको छ । सवै क्षेत्रमा चुनाव जित्ने प्रचार गर्दै हिडेका गठवन्धनका नेताहरु चुनावमा हार भएपछि एकले अर्कालाई आरोप लगाउन थालेका छन् । गठवन्धनमा नेपाली काँग्रेसले अन्तरघात गरेको आरोप नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेताहरुले लगाएका छन् । आफु जित्नका लागि आफ्नो उमेद्धवार भएको ठाँउमा मात्रै काँग्रेसले शक्ति लगाएको अन्यत्र कुनै पनि मतलव नगरेको ति पार्टिका नेताहरुले लगाउन थालेका छन् । नेपाली काँग्रेसका नेता कृष्ण केसीले एमाले उमेद्धवार मन वहादुर गुरुङ, र वेद वहादुर गुरुङलाई सहयोग गर्दै आफ्नै पार्टिका उमेद्धवार किशोरदत्त वराललाई हराउन लागेको भन्दै काँग्रेस कार्यकर्ताहरुले केसीको निवास अगाडिनै शुक्रवार नारावाजी गरेका थिए । नेकपा माओवादी केन्द्रमा पनि आफ्नै पार्टिका नेताहरुले प्रतिनिधि सभा सदस्यका उमेद्धवार रामजी वराललाई असहयोग गरेको भन्दै तिव्र असन्तुष्ठी देखिएको छ । यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिको प्रभाव कास्की जिल्लामा पनि जवरजस्त देखियो प्रतिनिधि सभामा मात्रै उमेद्धवारी दिएको स्वतन्त्र पार्टिले ३ वटै क्षेत्रमा उमाले र सत्ता गठवन्धनको साथसाथै प्रतिष्प्रर्धि भएर आएको देखिएको छ । उदाउदो शक्तिका रुपमा देखा परेको उक्त पािर्टले ल्याएको मतले चुनाव जित्नेले हारेको र हार्नेले जितेको भनेर पनि कतिपयले चर्चा गर्न थालेको सुनिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।