गण्डकी प्रदेशको राजधानी पोखरा,नेपालकै प्रमुख पर्यटकीय नगरी मात्रै नभएर राजधानी काठमाण्डौ पछिको महत्व राख्ने शहर हो । त्यै पोखरा अर्थात कास्की जिल्लाको चुनावको वारेमा मुलुकभरीनै चासो छ । कास्कीमा चुनाव कुन पार्टिले जित्ला अथवा कसले चुनाव जित्ला भनेर चासो उत्पन्न भईरहेका वेला कास्की जिल्लाको चुनावी अवस्थाको वारेमा चर्चा हुनु स्वाभाविक हो त्यस माथि एमालेवाट विभाजित वनेको नेकपा एकिकृत समाजवादीले पोखरा महानगरपालिकको मेयर जितेको र महानगरपालिकका ११ वडा पर्ने कास्की २ नेकपा एकिकृतका नेता श्रीनाथ वराल चुनाव लडेको हुनाले र समाजवादीले मुलुक भरी जम्मा २० निर्वाचन क्षेत्रमा चुनाव लडेको कारण पनि कास्की २ लाई महत्वका साथ हेरिएको छ । कास्की जिल्लामा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । १ लाख ५२ हजारु ५ सय २२ महिला, १ लाख ३९ हजार ४२ पुरुष र ४ अन्य गरि २ लाख ९१ हजार ५ सय ६८ मतदाता रहेका छन् । कास्की जिल्लालाई कम्युनिष्टको वढि प्रभाव भएको जिल्लाको रुपमा लिईन्छ । विगतका निर्वाचनहरुमा नेपाली काँग्रेसको तुलनामा कम्युनिष्ट पार्टिका प्रतिनिधिहरुहरुले वढि सिट जितेको जिल्ला हो कास्की । २०७४ सालको निर्वाचनको चर्चा गर्ने हो भने प्रतिनिधि सभाका ३ वटै निर्वाचन क्षेत्र एमालेले जितेको थियो भने प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा १ क्षेत्र मात्रै काँग्रेसले जितेको थियो । त्यतिवेला नेकपा एमाले र नेकपा माओवादीले चुनावी तालमेल गरेका थिए । प्रदेश सभाका ५ सिटमा नेकपा एमालेका ३ र माओवादी केन्द्रका २ जनाले चुनाव जितेका थिए । तर अहिले अवस्था फेरिएको छ । नेकपा एमाले बिभाजित वनेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टि र राष्ट्रिय जनमोर्चा एकातिर छन् भने नेकपा एमाले एक्लै छ । हुनत उसलाई पनि राप्रपा नेपाल र परिवार दल लगायतको समर्थन रहेको वताईन्छ तथापि ति दलहरुको प्रभाव कास्कीमा न्यून रहेकाले एमालेले एक्लै नेपाली काँग्रेस, माओवादी तथा नेकपा एकिकृत समाजवादी संग एक्लै प्रतिष्प्रर्धा गर्नुपर्ने अवस्था रहेको छ । उमेद्धवारहरुका चुनावी घर दैलो कार्यक्रम, घर दैलो कार्यक्रममा जनताहरुको सहभागिता, त्यहाँ भेटिएका मतदाता तथा बिगतका चुनावका मत परिणमलाई आधार मानेर समग्र कास्की जिल्लाको चुनावी अवस्थाको वारेमा चर्चा गर्न गईरहेका छौ ।
कास्की क्षेत्र नं १ मा नेकपा एमालेका मन वहादुर गुरुङले नेपाली काँग्रेसका किशोरदत्त वराल संग प्रतिष्प्रर्धा गरिरहेका छन् । प्रदेश सभा तर्फ भने नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने आशमा प्रतिनिधि सभा छोडेर प्रदेश सभाको १ मा माओवादी केन्द्रका दिपक कोईराला संग प्रतिष्प्रर्धामा छन् । २०७४ सालको निर्वाचनमा उनै खगराजले दिपक कोईरालको पक्षमा भोट माग्दै जिताएका कोईराला अधिकारीकै प्रतिद्धन्दी भएका छन् । प्रदेश सभाको यो क्षेत्रमा अधिकारीलाई अहिले चुनाव जित्न हम्मे पर्ने उक्त क्षेत्रका मतदाता वताउन थालेका छन् । यो क्षेत्रमा दिपक कोईरालाको पक्षमा चुनावी माओल वढेको पोखरा ३० पावरहाउसका रोशन भण्डारीले हामीसंगको कुराकानीमा वताए । युवा उमेद्धवार कोईरालले यो क्षेत्रमा विकास गरेको उनि वताउछन् । । प्रदेश तर्र्फको १मा कर्नेल मदन केसी स्वतन्त्र भएर उठेका छन् केसीले समेत एमालेका भोट काट्ने वताईन्छ । यसै क्षेत्रको २ तर्फ नेपाली काँग्रेसका दिपक गुरुङ (माईला) र नेकपा एमालेका वेद वहादुर गुरुङ श्याम विचमा मुख्य रुपमा प्रतिष्प्रर्धा भईरहेको छ । मादी गाँउपालिकका अध्यक्ष भएर ५ वर्ष काम गरेका एमाले नेता गुरुङ र नेपाली काँग्रेसका दिपक गुरुङ विचको प्रतिष्प्रर्धामा कसले वाजी मार्छ यसै भन्न नसकिने उक्त क्षेका मतदाता वताउछन् । प्रतिनिधि सभामा किशोरदत्त र मन वहादुर गुरुङ विचको प्रतिष्प्रर्धा रोचक छ । किशोर दत्त वराललाई गठवन्धनको मतको भर छ भने मनवहादुरलाई आफ्नो पार्टिले विगतमा जितेको हुनाले एमालेको संगठनकै आश रहेको छ । प्रतिनिधि सभा तर्फ एमाले एकातिर छ भने गठवन्धन एक ढिक्का भएर वरालको पक्षमा लागेको देखिन्छ । टिकट नपाएर असन्तुष्ठ वनेका कृष्ण केसीको माग संवोधन भएकाले उनि पनि हाल खुलेर वरालको प्रचारमा हिडेको वताईएको छ । नेपाली काँग्रेसका नेता यज्ञ वहादुर थापा , नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारी लगायतका नेताहरुले उमेद्धवार वराललाई छोडेकै छैनन् । त्यसकारण यो क्षेत्रमा गठवन्धनको भोट दायाँ वाँया हुने अवस्था नरहेको र आफुहरुले सजिलै चुनाव जित्ने वराल वताउछन् ।
कास्की क्षेत्र नं २ तर्फ गठवन्धनवाट नेकपा एककिकृत समाजवादीका नेता श्रीनाथ वराल उमेद्धवार छन् । नेकपा एमाले विभाजन पूर्व नेकपा एमालेमा राम्रो छवी वनाएका वराललाई कतिपय एमालेका नेता कार्यकर्ताले माया गरेको र मत दिने आश्वासन दिएको वराल वताउछन् । गठवन्धनको मत धेरै भएको, एमालेकै धेरै नेता कार्यकर्ताको सद्भाव पाएकोले चुनाव सजिलै जितिने वराल वताउछन् । नेकपा एमालेवाट उमेद्धवार वनेकी शिद्या भट्टराई आफु दुखको अवस्थामा उप निर्वाचनमा उमेद्धवार भएको र खासै काम गर्ने अवसर नपाएकाले आफुले सोचेका अधुरा काम गर्न फेरी उमेद्धवार वनेको वताएकी छन् । उनलाई नेकपा एमालेको आधार ईलाका भएको र एमालेको मत वढि भएकाले चुनाव जित्ने उनि पनि वताउछिन् । यी दुई जनाको प्रतिष्प्रर्धामा पछिल्लो समय वराल अगाडि देखिएको मतदताहरु वताउछन् । प्रदेश सभा तर्फ १मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र एमालेका भिम कार्की विचनै मुख्य रुपमा प्रतिष्प्रर्धा हुने भएकाले यो क्षेत्रमा पनि गठवन्धन र एमालेका चुनाव जित्ने आ आफ्नै दावी रहेको छ । चुनाव प्रचारका क्रममा विश्वप्रकाश लामिछानेको पक्षमा जनता आकषर््िात भएको सो क्षेका मतदातमाहरु वताउछन् । हुनत भिम कार्कीको पक्षमा पनि माओल नराम्रो देखिदैन । २ तर्फ प्रदेश सरकारका कानून तथा सञ्चार मन्त्री विन्दु कुमार थापा र निवर्तमान प्रदेश सांसद मिना गुरुङ बिचको मुख्य प्रतिष्प्रर्धामा कसले वाजी मार्ने हो उक्त क्षेका मतदाता विच कौतुहलता वढेको देखिन्छ । २०७४ सालमा नेकपा एमाले माओवादी केन्द्र सवै एकातिर हँदा र काँग्रेसवाट नरेश शंकर पालिखे वागी उठेको प्रतिकुल समयमा पनि करिव ७०० मत अन्तरले चुनाव जितेका थापा यसपाली सजिलै चुनाव जित्ने वताउछन् । गठवन्धन एक ढिक्का रहेको तथा गठवन्धनको मत धेरै रहेको हुनाले चुनाव जित्नेमा ढुक्क देखिन्छन् थापा । एमालेवाट उमेद्धवार वनेकी मिना गुरुङले महिलाहरुको मत तानने, काँग्रेसमा असन्तुष्ट वनेका कुमार खड्काको सहानुभूति आफुलाई रहने तथा एमालेको मत पनि धेरै रहेकाले र एमाले संग विकास र संमृद्धिका एजेण्डा रहेकाले आफुले चुनाव जित्ने वताउछीन् ।
कास्की क्षेत्र नं ३मा गठवन्धनका उमेद्धवार नेकपा माओवादी केन्द्रका रामजी वराल जो गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री पनि हुने र नेकपा एमालेका दामोदर वैरागी विच मुख्य रुपमा प्रतिष्प्रर्धा रहेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र लगायतको वाम गठवन्धन एकातिर थियो भने नेपाली काँग्रेस एक्लै चुनावमा होमिएको थियो त्यतिवेला नेकपा एमालेका जगत विश्वकर्माले नेपाली काँगे्रसका शुक्रराज शर्मालाई पराजित गरेका थिए । तर हाल अवस्था ठ्याक्कै उल्टीएको छ । नेकपा एमालेवाट उमेद्धवार वनेका वैरागी एमालेका पुराना नेता हुन् । पार्टिमा सधै अवसरवाट वंचित रहेका पौडेल यसपाली जसरी भएपनि चुनाव जित्ने दौडमा देखिएका छन् । गठवन्धनवाट उमेद्धवार वनेका रामजी वराल नेकपा माओवादी पार्टि भित्र कास्कीमा शक्तिशाली मानिन्छन् । जनयुद्धको समय देखिनै माओवादीको महत्वपूर्ण भूमिकामा रहेका उनि प्रदेश सभाका निवर्तमान सदस्य तथा बहालवाला मन्त्री हुन् । उनलाई आफ्नै पार्टि नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस सहितको गठवन्धन दलको मतले चुनाव जित्ने आशमा उनि देखिन्छन् । रामजी वरालको पक्षमा मतदाताहरु आकर्षित भएको त्यस क्षेका मतदाताहरु वताउछन् । दुवै नेताले आफुले जित्ने दावी गरेको यो क्षेत्रमा प्रतिष्प्रर्धा भने तिव्र देखिएको छ । प्रदेश सभा तर्फ भने १ मा नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र नेकपा एमालेवाट हालै जनता समाजवादी पार्टि परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका गणेशमान गुरुङ विचमा तिव्र प्रतिष्प्रर्धामा कसले वाजी मार्ने हो यकिन भन्न सक्ने अवस्था देखिदैन । प्रदेश सभा तर्फ २ मा भने नेकपा एमालेका राजिव पहारी गण्डकी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य हुन् अन्य उमेद्धवारको तुलनामा पाहारी वलियो भएको कारण उनि उक्त क्षेत्रमा चुनाव जित्नकै लागि दोहोरिएर उठेको वताईन्छ । गठवन्धनवाट चुनावमा होमिएका प्रकाश वराल नयाँलाई मतदाताले रोज्ने भन्दै विगतका जनप्रतिनिधिले गर्न नसकेका कामहरु आफुले गर्ने उदेश्यका साथ चुनावमा होमिएकाले आफुलाई मतदाताले विश्वास गर्नेमा ढुक्क देखिन्छन् ।उनि युवाहरु आफ्नो पक्षमा रहेको दावी गर्छन् ।
कास्की जिल्ला अरु जिल्लाहरुको तुलनामा गठवन्धन वलियो रहेको जिल्ला हैन । विगत देखिनै कम्युनिष्टहरुको वर्चश्व रहेको कास्की जिल्लामा नेकपा एमाले एक्लै चुनाव लड्दा पनि गठवन्धन संग तिव्र प्रतिष्प्रर्धामा देखिएको छ ।सजिलै गठवन्धनले जित्छ भन्ने जिल्लाहरु रहेको भएपनि कास्की त्यस्तो जिल्ला हैन जहाँ एमाले सजिलै गठवन्धन संग पराजित हुन्छ र गठवन्धनका उमेद्धवारहरुले चुनाव जित्दछन् । त्यसैले कास्की जिल्लामा गठवन्धन र एमालेका विचमा ३ वटै निर्वाचन क्षेत्रमा तिव्र प्रतिष्प्रर्धा देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।