पोखरा मंसीर १०,
कास्की जिल्लामा समानूपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमाले अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार कास्कीमा प्रतिनिधी सभा तर्फ नेपाली काँग्रेस भन्दा राष्ट्रिय स्वतन्त्र पार्टि अगाडि रहेको छ । एमालेले प्रतिनिधि सभामा ५४३४२ मत प्राप्त गरेको छ भने प्रदेश सभामा ६५९३९ मत ल्याएको छ । प्रदेश सभामा उमेद्धवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टिले प्रतिनिधि सभामा ४३९७२ मत ल्याई दोस्रो भएको छ । तेस्रो भएको नेपाली काँग्रेसले ४२६३८ मत प्राप्त गरेको छ । प्रदेश सभामा भने काँग्रेस ४९ हजार ५८२ मत ल्याउदै दोस्रो भएको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले राप्रपालाई २०० मतले उछिन्दै चौथो भएको छ भने प्रदेश सभा तर्फ माओवादी केन्द्रलाई ४३०८ मतले उछिन्दै राप्रपा तेस्रो भएको छ । प्रतिनिधि सभा तर्फ माओवादाीले ११७४१ र राप्रपाले ११२७१ मत ल्याएका छन् प्रदेश तर्फको समानुपातिकमा भने राप्रपाले १७८८२ मत ल्याउदा माओवादीले जम्मा १३५७४ मत ल्याएको छ । नेकपा एमालेवाट बिभाजित भएर वनेको नेकपा एकिकृत समाजवादीले प्रतिनिधि सभा तर्फ २८७६ र प्रदेश सभा तर्फ ४११९ मत ल्याएको छ । हाम्रो नेपाली पार्टिले प्रतिनिधि सभा तर्फ २३३५ र प्रदेश सभा तर्फ ८४५६, मंगोल अर्गनाईजेसनले प्रतिनिधि सभा तर्फ ११३८ र प्रदेश सभा तर्फ १८२६ , जनता समाजवादी पार्टिले प्रतिनिधि सभामा १०८५ र प्रदेश सभामा १२०६ मत ल्याएका छन् । विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा ठूला भनिएका पार्टिहरु पनि समानुपातिकमा खुम्चिएको देखिएको छ ।