मंसीर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं ३ मा दामोदर पौडेल (वैरागी) निर्वाचित भएका छन् । सत्ता गठवन्धनवाट चुनाव लडेका नेकपा माओवादी केन्द्रका रामजी वराललाई ५४४५ मतान्तरले हराउदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २२९८० मत ल्याएएका छन् भने उनका निकटतम प्रतिद्धन्दी वरालले १७५३५ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलले १२१८० मत प्राप्त गरेर तेस्रोे भएका छन् । सो क्षेत्रमा राप्रपाका जगत प्रसाद सुवेदीले २४४२ मत ल्याएका छन् । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ५ झोवाङ निवासी पौडेल नेकपा एमालेका पुराना नेता हुन् ।
उक्त क्षेत्रमा गठवन्धन र नेकपा एमाले विच कडा प्रतिष्प्रर्धा हुने अनुमान गरिएको भएपनि पौडेलले गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका वराललाई करिव ५५०० मतान्तरले पराजित गरेका छन् । वरालको पराजय पछि गठवन्धन गरेका दलहरु विच ईमान्दारिता नभएको , काँग्रेसवाट धोका भएको,तथा आफ्नै पार्टिका नेताहरुले असहयोग गरेका विषयहरुले सामाजिक सञ्जालहरुमा ठाँउ पाएका छन् । काँग्रेसका मत घण्टीमा गएको आरोप पनि कतिपयले लगाउन थालेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टिको देश भरी देखिएको प्रभाव र कास्की जिल्लामा उक्त पार्टिको पक्षमा देखिएको जनमतले चुनावी नतिजामा फेरवदल आएको चर्चा पनि कास्कीमा चल्न थालेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।