पोखरा श्रावण ५,
जिल्ला प्रहरी कार्यालय कास्कीले आ. व २०८०÷८१ मा गरेका कामहरु पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । शुक्रवार पोखरामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा कास्की प्रहरी प्रमुख मोहन थापाले गत आर्थिक वर्षमा गरिएका कामहरुको वारेमा जानकारी दिए । कास्की प्रहरीले आ. व. २०८०÷०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ८४ हजार ५ सय २३ सवारी साधनलाई नियन्त्रणमा लिई ६ करोड ८७ लाख १३ हजार ६ रुपयाँ राजश्व संकलन गरेको जनाएको छ । ट्राफिक प्रहरीले ध्वनी नियन्त्रणका लागि स्वरुप परिवर्तन गरेर चलाईएका १९६६ मोटरसाईकललार्ई नियन्त्रणमा लिई २८ लाख १० हजार ३०० जरिवाना संकलन गरेको, ट्राफिक कारवाही अन्तर्गत मिटरमा जान नमान्ने ५७८ वटा भाडाका ट्याक्सीहरुलाई कारवाही गरिएको, ५ वर्ष सम्म नविकरण फेल भएका ११ वटा सावरी साधनलाई कारवाही गरिएको, अत्याधिक धुवा फाल्ने ६ वटा सवारी साधनलाई कारवाही गरिएको, मोवाईल एप प्रयोग गरि अनधिकृत रुपमा यात्रु ओसारपोसार गर्ने २२ वटा दुईपाङ्ग्रे र ४ वटा चार पाङ्ग्रे सवारी साधनलाई कारवाही गरिएको कास्की प्रहरीले जनाएको छ ।
गत आवमा कास्की प्रहरीले अवैध रुपमा सुनको कारोवार गर्ने १ जनालाई ६ किलो २५० ग्राम सुन र ६ केजी चाँदी सहित नियन्त्रणमा लिएको,अवैध रुपमा चिरुवा काठ ओसार पोसार गर्ने ४ वटा सवारी साधन नियन्त्रणमा लिएको, नदिजन्य पदार्थको अवैध रुपमा उत्खनन गर्ने तथा चोरी निकासी गर्ने १८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई १० लाख ५० हजार जरिवाना असुल गरेको प्रहरीले जनाएको छ । त्यसै गरि विभिन्न किसिमका अवैध हतियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जुवा तास खेल्ने खेलाउने १६८ जनालार्ई रु ५४ लाख ३१ हजार ३९७ रकम सहित पत्राउ गरिएको समेत प्रहरीले जनाएको छ । त्यसै गरि गत आ.व.मा १५२ ठाँउमा आगलागीका घट्ना हुँदा २ जनाको मृत्यु भएको र ८ जना घाईते भएका, ४ वटा घरमा पूर्ण रुपमा क्षती भएको र १८ वटा घरमा आंशीक क्षती भएको प्रहरीले जनाएको छ । वाढि पहिरोको कारण गत आ.व.मा १४ जनाको मृत्यु भएको, ६ जना घाईते भएका, १४ घर पूर्ण रुपमा क्षती भएका र ९ घरमा आंशीक क्षती भएको प्रहरीले जनाएको छ । गत आ.व.मा विपद्वाट ४ करोड ८लाख ८१ हजार २५० वरावरको सम्पत्ति क्षती भएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले आ.व. २०८०÷०८१मा अपराध अनुसन्धन अन्तर्गत तथा कारवाही गन्तर्गत चोरी, कतव्य ज्यान, जवरजस्ती करणी, आत्महत्या, सवारी ज्यान लगायतका विभिन्न २८ वटा कसुरमा २१३४ मुद्धा दर्ता गरेको र ति मध्ये १९२२ लाई कारवाही गरिएको र ५१२ अनुसन्धनकै क्रममा रहेको जनाएको छ । कास्की प्रहरीले आ. व. २०७९÷०८०मा १ करोड ७२ लाख ४२ हजार ९ सय ४४ विगो संकलन गरेकोमा आ.व. २०८०÷०८१मा ४ करोड १७ लाख ८४ हजार ८ सय ३३ जरिवाना संकलन गरेको जनाएको छ ।