कास्की जिल्लाको क्षेत्र नं २ को प्रदेश सभा १ मा नेकपा एमालेका भिम वहादुर कार्की विजयी भएका छन् । उनका निकटतम प्रतिष्प्रर्धि विजय बहादुर भण्डारी ५८९३ मत ल्याएर दोस्रो भएका छन् । ५ दलिय गठवन्धनवाट उमेद्धवार वनेका माओवादी केन्द्रका विश्व प्रकाश लामिछानेले जम्मा ५५४० मत ल्याउदै तेस्रो भएका छन् । चौथो स्वतन्त्र उमेद्धवार तेच वहादुर महत भएका छन् उनले २५९२ मत प्राप्त गरेका छन् । प्रदेश सभाको उक्त क्षेत्रलाई नेकपा एमालेको गढको रुपमा मानिन्थ्यो । २०७४ सालको निर्वाचनमा नेकपा एमाले कास्कीका अध्यक्ष समेत रहेका कृष्ण थापा उक्त क्षेत्र सुरक्षीत रहेको भन्दै प्रदेश सभा २ छोडेर उक्त क्षेत्रमा चुनाव लडेका थिए र भारी मतान्तरले नेपाली काँग्रेसका नेता गुरु वराललाई पराजित गरेका थिए ।